२० जेठ, काठमाडौं । सुधीर बस्नेतको ओरियन्टल सहकारीबाट पीडित बनेकाहरुले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । उनीहरुले वीच सडकमै सुतेर प्रदर्शन गरेका छन् । सहकारीबाट पीडित भएको बताउने उनीहरुले बस्नेतमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेका हुन् । ‘हामी सुधीर बस्नेतको सहकारीबाट पीडित भएका छौं, ठगी गरेर फरार भएका बस्नेत सरकारी हाकिमलाई भेट्दै मन्त्रालयमा निवेदन दिएर हिँडेका छन्’ ओरियन्टल पीडित कुन्ती पोखरेलले अनलाइनखबरसँग भनिन् । बालुवाटार घेराउ गर्न ठूलो संख्यामा सहभागी भएका पीडितहरुले बस्नेतविरुद्ध नाराबाजी गर्नुका साथै बस्नेतलाई संरक्षण नगर्न सरकारसँग माग गरेका छन् । यसैसाता बस्नेतले सहकारी विभागका रजिष्ट्रारलाई निवेदन लेखेर ओरियन्टलको कार्यालय पुनः सञ्चालन गर्न पाउँ भन्ने आग्रह गरेका थिए । एमाले नेता वामदेव गौतमसमेत सैयौं व्यक्तिको रकम डुबाएका बस्नेतले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेपछि उनीबाट पीडित भएकाहरु सडकमा उत्रिएका हुन् । बालुवाटार घेराउ गर्ने क्रममा सडकमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको र केही प्रदर्शनकारी घाइते बनेको पोखरेलले बताइन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment