Headlines News :
Home » » नयाँ उचाई ओली प्रचण्ड सम्बन्ध, ओली सरकारले नै निरंतरता पाउने

नयाँ उचाई ओली प्रचण्ड सम्बन्ध, ओली सरकारले नै निरंतरता पाउने

Written By news on Tuesday, 7 June 2016 | 00:09


काठमाडौं, २५ जेठ । ‘सरकार परिवर्तनका विषयमा कसैसँग कुनै गोप्य वा भद्र सहमति भएको छैन । बाहिर आएका चर्चा र हल्ला आधारहिन छन् । यो सरकार आफ्नो निर्दिष्ट लक्ष्य पूरा गर्ने दिशामा प्रतिबद्व भएर अघि बढिरहेको छ,’ बालुवाटारमा शनिबार बसेको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले यसो भन्दै गर्दा प्रचण्ड निवास लाजिम्पाटमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताको पनि बैठक चलिरहेको थियो ।

 उक्त बैठकमा माओवादी नेताहरुले भद्र सहमति भन्दै बाहिर आएका विषयबारे प्रचण्डसँग धारणा मागेका थिए । जवाफमा प्रचण्डले भने, ‘बहुमतिय सरकार बनाउने गरी सरकार हस्तान्तरणको कुरा भएको होइन, राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने भन्ने मोटामोटी समझदारी भएको हो ।’

 प्रचण्डको यो भनाईलाई उद्वृत गर्दै शनिबार दिउँसो रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले थपे, ‘नेकपा एमाले र आफ्नो दलबीच कुनै गोप्य सहमति भएको छैन । राष्ट्रिय सहमति नबन्दासम्म यो सरकार परिवर्तन हुँदैन ।’ दृष्टि साप्ताहिकमा खबर छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger