Headlines News :
Home » » लोकमानसिंह कार्की प्रधानमन्त्री बन्ने ! भारतले खेल्दै छ डरलाग्दो खेल | एउटा नयाँ खुलासा

लोकमानसिंह कार्की प्रधानमन्त्री बन्ने ! भारतले खेल्दै छ डरलाग्दो खेल | एउटा नयाँ खुलासा

Written By news on Monday, 6 June 2016 | 23:29

अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको भाग्यरेखा भारतीय पक्षले कोर्ने डरलाग्दो योजना बनिरहेको छ ।

निरन्तर नेपाल योजनामा विफल भइरहेको भारतीय पक्षले नेपालको संविधान असफल बनाई राजनीतिक अस्थिरताबीच अराजनीतिक समन्वयका रुपमा लोकमानसिंह कार्कीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने योजना बुनेको छ 
संविधान कार्यान्वयनमा बाधा भइरहेको अवस्थामा यसलाई असफल बनाएर हिन्दू राज्य र राजतन्त्र व्युँताउनका लागि भारतले यस्तो खेलको तयारी गरेको हो ।
भारतको इच्छाअनुकुलमा ओली नचले सरकार गिराएर तीन महिनाका लागि माओवादी केन्द्र अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने भारतीय पक्षले तीनमहिनाभित्र प्रचण्डलाई पनि कमजोर बनाएर अझ अस्थिर राजनीतिक अवस्था सृजनाको तयारी गरेका छन् ।
त्यसका लागि हिन्दु राज्यको आन्दोलन र राजावादीहरुको उपयोग बलियो बनाइने छ । भारतीय लाइन्स एजेन्सीको यहि योजनाका आधारमा डा. बाबुराम भट्टराइले गठन गरेको नयाँ शक्ति नेपालमा पनि राजावादी र पूर्वपञ्चहरुको सहभागीता गराइसकेको छ ।
यता, नेपाली कांग्रेसमा हिन्दू अभियानविरोधी कुनै पनि सर्त नमान्नेगरी खुमबहादुर खड्का अघि बढाइएका छन् ।
‘चारैतिर घेराबन्दि गरी अस्थिरता र संविधान कार्यान्वयनमा अप्ठ्यारो पारी सवै राजनीतिक दलहरु असफल बनाई मध्यमार्गी बाटोका रुपमा लोकमानसिंह कार्कीलाई अगाडी बढाउने डरलाग्दो योजना आएको छ’, उच्च स्रोतको दाबी छ । जनप्रहार साप्ताहिकमा खबर छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger