Headlines News :
Home » » १२ नेपालीको शव ल्याइँदै, नेपाल फर्कन चाहनेलाई सम्पर्क गर्न आग्रह..

१२ नेपालीको शव ल्याइँदै, नेपाल फर्कन चाहनेलाई सम्पर्क गर्न आग्रह..

Written By news on Wednesday, 22 June 2016 | 00:08


अफगानिस्तानको काबुलमा बम विस्फोटमा मारिएका १२ नेपालीको शव आज नेपाल ल्याइँदै छ । शव लिन नेपाल एयरलाइन्सको विमान ६ः१५ बजे काबुुल एयरपोर्ट पुगिसकेको छ । नेपालीको शव ल्याउन आवश्यक कागजपत्र तयार पार्ने काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल एयरलाइन्सको बिमान लिएर क्याप्टन सुभाष रिजाल र  क्याप्टन श्रवन रिजाल कबुल  पुगेका  छन् । ११.३० मा नेपालीको शब काठमाडौँ  ल्याइने छ  ।

सोमबार बिहान ड्युटीमा जाने क्रममा मिनीबसमा भएको आत्मघाती बम आक्रमणमा परी १२ नेपालीको मृत्यु र सातजना घाइते भएका थिए । यसैबीच, युद्धग्रस्त मुलुक अफगानिस्तानमा रोजगारीका लागि गएका नेपालीलाई स्वदेश फर्किन चाहे सरकारले ल्याउने व्यवस्था मिलाएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल फर्किन चाहेमा त्यहाँका कावा राजदूत तीर्थ अर्याललाई ९२३०४५४४१९५३ मा फोन सम्पर्क गर्न ट्विट गरेका छन् ।

साथै, परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्नसमेत भनेका छन् । ड्युटीका क्रममा हिँडिरहेका निर्दोष नेपाली आतंकवादीको ‘टार्गेट’ मा पर्न थालेपछि उनीहरूलाई स्वदेश फर्काउन सरकारलाई व्यापाक दबाब परेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानमा हाल एक महिलासहित नौ सय २२ जना नेपाली नागरिक विभिन्न कम्पनीमा कार्यरत छन् । श्रममन्त्री दिपक बोहोराले पनि अफगानिस्तन प्रतिबन्धमा पर्न सक्ने बताइसकेका छन् ।

मासिक एकदेखि डेढ लाख रुपैयाँ कमाइने भएकाले नेपालीहरूको आकर्षक रोजगारीको थलो अफगानिस्तान बनेको छ । त्यहाँ रोजगारीका लागि जाने अधिकांश नेपाली नागरिक सुरक्षा क्षेत्रबाट अवकाश पाइसकेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger