Headlines News :
Home » » त्यो इराक, यो अफगानिस्तानः त्यस्ता देउवा, यस्ता ओली ..

त्यो इराक, यो अफगानिस्तानः त्यस्ता देउवा, यस्ता ओली ..

Written By news on Wednesday, 22 June 2016 | 19:24


सोमबार विहान अफगानिस्तानको राजधानी काबुलमा नेपाली सवार बसमा आत्मघाती आतंकवादी हमला भयो । उक्त हमलामा १२ नेपाली, दुई भारतीय नागरिकसहित १४ जनाको मृत्यु भयो । पाँच नेपालीसहित ९ जना घाइतको अहिले उपचार भइरहेको छ ।
घटना दुईः
सन २००४ अर्थात २०६१ साल भदौ १६ गते इराकमा १२ नेपाली नागरिकको निमर्मतापूर्वक हत्या गरियो । रोजगारीका लागि इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इश्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेनपावरमा आक्रमण गरे ।
ती देउवा, यी केपी
इराकमा १२ नेपालीको निर्मम हत्या हुँदा नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो । प्रधानमन्त्री थिए, अहिलेका सभापति शेरबहादुर देउवा । श्रमराज्यमन्त्री थिए, डा. प्रकाशरण महत । त्यो बेला परराष्ट्र इराक तथा अफगानिस्तानजस्ता युद्धग्रस्त मुलुकमा बैधानिक रुपमा प्रबेशाज्ञा बन्द थियो । तर, हजारौँ नेपाली धन कमाउन त्यहाँ पुगेका थिए । पुगेका मध्ये १२ जना मारिए, उनीहरुको शव ल्याउन सरकारले सकेन् । अहिले जसरी सरकारले नै जहाज पठाउने त कहाँ हो कहाँ ? देउवा सरकार दुई हप्तासम्म हेरेको ह¥यै भयो । यता, काठमाडौँ भने जलेको थियो । अधिकांश सबै म्यानपावरमा तोडफोड तथा आगजनी भएको थियो ।

फरक यत्ति मात्र हो– अहिले १२ जनाको ज्यान जाने गरी आफगानिस्तानको काबुलमा भएको आतंककारी घटना हुँदा नेकपा एमालेको नेतृत्वमा सरकार छ । प्रधानमन्त्री छन् एमालकै अध्यक्ष केपी शर्मा ओली । १२ नेपालीको ज्यान जाने घटनापछि ओलीले नेपालकै इतिहासमा पहिलोपटक मृतक नेपालीको शव ल्याउन राष्ट्रिय ध्वजावाहक जहाज चार्टर्ड गरेर पठाउने निर्णय गरे । विमानस्थलमै पुगेर मृतकका आफन्तलाई भेटे, सान्त्वना दिए । मृतकका शव बुझ्ने काम पनि गरे । यति मात्रै होइन् मृतकको शवलाई घरसम्मै पुगाएर परिवारको जिम्मा लगाउने काम पनि ओलीले नै गरे ।
अवैधानिक रुपमा भारत तथा संयुक्त अरब इमिरेट्सलाई ट्रान्जिट बनाइ इराक र अफगानिस्तान प्रबेश गर्नेको भीड नै छ । यसरी सरकारी नियमावली अवज्ञा गर्दै अबैधानिक भएर गएकाहरुप्रति सरकार र राजदूताबासको पूर्णतः कुनै जिम्मेवारी तथा दायित्व हुँदैन ।
Kp-oli-airport-2
तर, वर्तमान ओली सरकारले कुनै ढोँग देखाएनन् । न त वैधानिक र अवैधानिक भनी बिल्ला नै लगाए । बरु, घटनाको १२ घन्टाभित्र पाकिस्तानी राजदूताबासका काउन्सिलरलाई काबुल पठाई घटनाको अनुसन्धान गरी संसदमा घटनाको तथ्य बिवरण पेश गरियो ।
अझ् अफगानिस्तानमा नेपाली मारिएको एक घण्टा नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नेपाललाई सहयोग गर्न तयार रहेको बताएको थिए । अफगानिस्तानमा मृतक तथा घाइते नेपालीलाई नेपाल ल्याउन सघाएर मोदीले नेपालीको मन जित्न तथा सहानुभूति बटुल्न खोजेका थिए । तर, ओलीले मोदीलाई गुहार गरेनन् । बरु आफैले पाकिस्तानबाट नेपाली अधिकारीलाई घटनास्थलमा पठाए । नेपाली वायुसेवा निगमको जहाज झण्डा फहराउँदै अफगानिस्तान पुग्यो । विपतको बेला नेपाल आफैले पनि सामना गर्न सक्छ भन्ने प्रमाणित गरेर ओलीले देखाइदिए ।
भारतलाई नगुहारे आफ्नै देशको जहाज प्रयोग गरी मृतकहरुको शव लिएर आउने निर्णय पनि २४ घन्टा भित्रै भयो । अबैधानिक भएपनि आफ्ना नागरिकप्रतिको दायित्व बहन गरी ओली सरकारले नैतिकताको इज्जत पनि राखे । र, नेपालीको शिर अझै उचो बनाए । नागरिकप्रति राज्य सम्वेदनशील भन्ने महसुस पनि ओलीले गराउन सफल भएका छन् । उनले प्रवासमा रहेका लाखौँ नेपालीको सहानुभूति र सम्मानमात्र पाएका छैनन्, सामाजिक सञ्जालमा उनको खुबै तारिफ र प्रशंसा भइरहेको छ । अझ प्रधानमन्त्री आफै बिमानस्थल पुगेर मृतक शरीरमात्र निहुरेर नमस्कार गर्दै सम्मान प्रकट गरेपछि ओलीमाथि धेरै नतमस्तक देखिएका छन् ।
नेपालीहरु दैनिक हजारौँको संख्यामा विदेशिने गरेका छन् । धेरै बाध्यताले विदेशिएका छन्, थोरैमात्र छन्, रहरले विदेशिने । आफ्ना परिवारलाई सुखसयलमा राख्ने सपना देख्दै विदेशमा जस्तोसुकै जोखिम मोलेर नेपालीले काम गरिरहेका छन् । उनीहरुले पठाएको रकमबाट परिवारमात्र होइन्, राज्य संचालनमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको छ । सँधै हेपिएका तर राज्यको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेका प्रवासी नेपालीहरुलाई प्रधानमन्त्रीले जुन सम्मान देखाएका छन्, यसले धेरै नेपालीले हर्षको आँशु बगाएका छन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger