Headlines News :
Home » » बाबुरामलाई ठुलो झड्का :करिस्माको जिब्रो चिप्लीदा बाबुराम लाइ ठुलो बेइज्जत..

बाबुरामलाई ठुलो झड्का :करिस्माको जिब्रो चिप्लीदा बाबुराम लाइ ठुलो बेइज्जत..

Written By news on Sunday, 12 June 2016 | 23:20

फोटो :नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा कार्यक्रम सञ्चालनका क्रममा अभिवादन गर्दै अभिनेत्री करिष्मा मानन्धर । तस्बिरः उमा विष्ट
काठमाडौँ: आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक भएको नयाँ शक्ति नेपाल पार्टीको घोषणा भएको छ। अन्य राजनीतिक कार्यक्रम भन्दा फरक ढंगले भएको कार्यक्रमको सञ्चालन जनजाती नेता पासाङ शेर्पा र नायिका करिष्मा मानन्धरले गरे । कार्यक्रमको सुरुवात पासाङले गरे भने बाबुरामले पार्टी घोषणा गरेपछिको सत्रमा करिष्माले अत्तालिएर कार्यक्रम सञ्चालन गरिन् । कार्यक्रम अवधिभर करिष्मा र पासाङले पालैपालो उद्घोषण गरे । नसुहाउँदो शैलीमा कार्यक्रम सञ्चालन गरेको भन्दै सामाजिक सञ्जालमा करिष्माको चर्को विरोध भएको छ । करिष्माले कांग्रेस नेता प्रदीप गिरीलाई मन्तव्यका लागि बोलाउँदा प्रदीप भट्टराई भनिन् ।

कुटनीतिक व्यक्तित्वलाई मन्तव्यका निम्ति आग्रह गर्दा समेत करिष्माले उच्च सम्मान व्यक्त गर्न नसकेको टिप्पणी सामाजिक सञ्जालमा भएको छ । ट्वीटरमा कुम्भकर्ण लेख्छन्, ‘विचरा करिस्माको माया लागेर आयो ! अंग्रेजी पनि बिगारी बिगारी बोल्दिने ।त्यसैगरी, पत्रकार गजेन्द्र बुढाथोकीले करिष्माले चर्चित गायक रामकृष्ण ढकाललाई गरेको सम्बोधनप्रति आपत्ति जनाए । बुढाथोकी ट्वीटरमा लेख्छन्, ‘अझ औपचारिक मञ्चमा एक लोकप्रिय गायकलाई उसको रे, बरु रामकृष्णे आइज गीत सुना भएको भए हुन्थ्यो ।सँगै, अशान्त आत्मा ट्वीटरमा करिष्मालाई कार्यक्रम सञ्चालन गर्न दिएकोप्रति व्याङ्ग्य गर्दै लेख्छन्, ‘भन्दा त डाक्टर कमरेडलाई रिस उठ्ला कि तर पार्टी भन्दा श्रीमती बद्लेको भए फलदायी हुन्थ्यो लास्तो लाउछ मलाई ।उद्घोषणका क्रममा एक जना अथितिलाई मञ्चमा बोलाउदा मात्र करिष्माले पटकपटक गल्ती गर्दै माफ मागेकी थिइन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger