Headlines News :
Home » » एनसेलको टावरमा फेरि आगजनी, चितवनमा पनि ध्वस्त...

एनसेलको टावरमा फेरि आगजनी, चितवनमा पनि ध्वस्त...

Written By news on Sunday, 12 June 2016 | 23:30

चितवन, ३१ जेठ । चितवनमा अज्ञात समूहले एनसेलको टावरमा आगजनी गरेका छन् ।
आइतबार राति १०:३० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ ।

आगजनीबाट टारवमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएपछि तत्काल नै वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

आगजनी गर्ने समूहको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि विभिन्न जिल्लामा यस्ता घटनामा विप्लव माओवादी संलग्न रहेको समाचार आएका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger