|
|
काठमाडौं, १२ असार ।
काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एयरको विमानमा चरा ठोक्किएको छ । नेपालगन्ज विमानस्थलमा अवतरण गरी रनवेबाट पार्किङ स्थलमा जाने क्रममा जहाजमा चरा ठोक्किएको हो । पंखामा चरा ठोकिएपछि बिहानदेखि बुद्ध एयरको एटिआर– ७२ नम्बरको ९ एन–एजेएक्स कलसाइनको जहाज विमानस्थलमा रोकिएको हो । जहाज काठमाडौंका लागि उडान भर्न नसक्दा ७२ यात्रु अलपत्र परेका छन् । प्राविधिक टोलीले इन्जिनमा कुनै समस्या भए–नभएको अध्ययन गरिरहेको छ । काठमाडौंबाट बुद्ध एयरका ६ जना प्राविधिक र इन्जिनियरको टोली मर्मत गर्न विमानस्थल पुगेको छ ।
|
|
Post a Comment