Headlines News :
Home » » धादिङमाआज बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु..

धादिङमाआज बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु..

Written By news on Monday, 20 June 2016 | 00:45


असार ६,
 धादिङमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको छ । धादिङको धनुषा गाविस वडा नम्बर १ चरौंदीस्थित पृथ्वीराजमार्गमा जनकपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक रात्री बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय गजुरी धादिङले सोमबार बिहान ६ बजे तिर पृथ्वी राजमार्गको चरौँदीमा ना ५ ख २०८१ नम्बरको बस चरौंदी खोलाको पुलको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भएको जनाएको हो। उक्त दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा बसका चालक र एक यात्रु रहेको जनाइएको छ । ६० वर्षीय भारतीय नागरिक रत्नलालको घटनास्थलमा र चालक ४५ वर्षीय कृष्णलालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले राति देखिनै सिमसिम पानी परिरहेकाले सडक चिप्लो भएर बस अनियन्त्रित हुन पुगेको हुन सक्ने जानकारी दिएका छन् । दुर्घटनामा गम्भिर घाइते भएका अर्का एक जनाको मलेखु अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बसमा सवार अन्य यात्रु भने सकुशल रहेका छन । निरीक्षक मिश्रले उक्त दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger