|
|
वाक–वाकलाग्दा (मोटरमा लामो बाटो जाँदा वा गर्भवतिलाई वाक–वाक लाग्दा) अदुवाको टुक्रा मुखमा राखेर चुस्नाले वाकवाक कम हुन्छ । रुखाखोकी लाग्दा, घाँटी दुख्दा अदुवाको प्रयोगले गर्दा धेरै फाइदा पुयाउँछ । बाथका रोगीहरुले पनि अदुवाको प्रयोग गर्दा फाइदा भएको छ ।
अदुवाको प्रयोगले शरीरको रोग प्रतिरोधी शक्ति पनि बढाउँछ । खोकी लाग्दा पनि अदुवाको रस प्रभावकारी छ । अदुवा ताजा, सुकेको सुठो बनाएर पाउडर बनाउन प्रयोग गर्न सकिन्छ । विभिन्न किसिमको मसालामा पनि अदुवा हालेर खान सकिन्छ ।
टमाटर, प्याज लसुन हालेर विभिन्न किसमका धनियाँको अचार बनाउँदा यसले खानेकुराको स्वाद त मीठो बनाउँछ नै, साथै शरीरलाई सूक्ष्म पौष्टिक तत्वहरु पनि पुर्याउँछ । झाडापखाला लागेको बेलामा पनि पानीमा अदुवा पकाएर विस्तारै–विस्तारै झाडा लागेको व्यक्तिलाई दिँँदा फाइदा गर्छ ।
|
|
Post a Comment