Headlines News :
Home » » नेपालीसँग तालिवानको कुनै साइनो छैनः प्रधानमन्त्री..

नेपालीसँग तालिवानको कुनै साइनो छैनः प्रधानमन्त्री..

Written By news on Wednesday, 22 June 2016 | 05:01



काबुलमा मारिएका नेपाली युवाको शवमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: दिनेशविक्रम शाह काठमाडौँ:

 प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल घटनाले दुःखी बनाएको उल्लेख गर्दै तालिवानसँग नेपालीको कुनै साइनो नभएको बताएका छन् । सोमबार बिहान अफगानिस्तानको काबुलमा भएको आत्मघाती हमलामा मृत्यु भएका १२ नेपालीको शव बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्रीले भने, 'तालिवानको नेपालीसँग कुनै साइनो र द्वेवेष छैन्।' प्रधानमन्त्री ओलीले काबुलमा मारिएका नेपाली निर्दोष भएको समेत बताए। 'काबुलमा निर्दोष नेपाली मारिए', ओलीले भने। प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घटनाले दुःखी बनाएको बताए। १२ नेपालीको शव बुझ्न प्रधानमन्त्रीसहित उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल लगायत विमास्थल पुगेका थिए। विमानस्थलमा मृतकका परिवार र आफन्तको भिड थियो।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger