Headlines News :
Home » » गयौं आमा चढेर जहाजमा, फर्क्यौं बाकसमा…यसरी आयो काठमान्दौमा लास परिवारको रुवाबासी..

गयौं आमा चढेर जहाजमा, फर्क्यौं बाकसमा…यसरी आयो काठमान्दौमा लास परिवारको रुवाबासी..

Written By news on Wednesday, 22 June 2016 | 05:06


८ असार, काठमाडौं ।

 अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव बुधबार अपराहृन काठमाडौं विमानस्थलमा ल्याइपुर्‍याउँदा सिंगै देश भावहि्वल बन्यो । वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको तीनदिनपछि उनीहरुको शब बाकसमा हालेर स्वदेश ल्याइएको हो । क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु ड्युटीमा जाने क्रममा आतंकवादी आक्रमणमा परेका थिए । घटनामा मारिएकाहरुको शव नेपाल सरकारले चार्टर विमान पठाएर नेपाल ल्याएको हो । मृतकको शव कफनमा राखिएको थियो भने बाहिर पासपोर्टको फोटोकपी टाँसिएको थियो । कमाउनका लागि विमान चढेर अफगान गएका आफन्तजन बाकसमा कैद बनेर फर्किँदा परिवार र आफन्तले आफूलाई थाम्न सकेनन् । कोही बाकसमा टाँसिएको तस्वीर सुमसुम्याइरहेका देखिन्थे भने कोही त्यही बाकसलाई आगालो हालेर डाँको छोडिरहेका थिए । विमानस्थलमा आफन्तको रुवाबासी चलेको थियो । काबुलमा ज्यान गुमाएकाहरको पत्नी, छोराछोरी तथा आफन्त भावविहृवल थिए । चार महिने छोरा काखमा बोकेकी सञ्चिता लामा पनि पति जितेन्द्रसिंह कार्कीको शव बुझ्न विमानस्थल पुगेकी थिइन् । यो शोकको घडीमा विमानस्थलमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीसमेत उपस्थित थिए । मृतकहरुप्रति श्रद्धान्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत लगायत विमानस्थल पुगेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger