Headlines News :
Home » » फुटबलमा दशवटा नयाँ नियम लागु हुँदै, हरेक फुटबलप्रेमीले जानिराखौं (नियमसहित)..

फुटबलमा दशवटा नयाँ नियम लागु हुँदै, हरेक फुटबलप्रेमीले जानिराखौं (नियमसहित)..

Written By news on Sunday, 12 June 2016 | 03:02

एजेन्सी । विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ । नयाँ नियममा अण्डरवेयरसम्बन्धी नियम पनि समावेश गरिएको छ ।
नियम यही जुनबाट लागु भएपनि जारी कोपा अमेरिका र यसपटको युरोकपमा भने लागु नहुने बताइएको छ । किनकी यि प्रतियोगिताहरु नयाँ नियम पास हुनुअगावै तय भएका हुन् ।
यही महिनाबाट लागू नियम यस्ता छन्ः

१. पेनाल्टी पास दिन नपाइने
टाइ ब्रेकरको पेनाल्टी पास दिन नपाउने नियम त यसअघि पनि थियो । तर, अब खेल चलिरहेका बेलामा प्राप्त हुने पेनाल्टी पनि साथीलाई पास दिन पाइनेछैन । केही समयअघि बार्सिलोनाका स्टार लियोनल मेस्सीले आफ्ना टिममेट लुइस स्वरेजलाई पेनाल्टी बल पास दिएका थिए । अब यदि यस्तो गरेमा पास दिने खेलाडीले पँहेलो कार्ड पाउने छन् भने, विपक्षी टिमलाई फ्रिकिकको मौका दिइनेछ । साथै पेनाल्टी हान्नु पूर्वलाइन भन्दा अगाडि आएमा गोलकिपरलाई पनि पँहेलो कार्ड दिइने छ ।

२. नियतबस फल गरे सिधै बाहिर
अहिलेसम्मको नियम अनुसार कुनै पनि खेलाडीले आफ्नो ‘डि बक्स’ एसियामा फल गरेमा विपक्षी टीमलाई पेनाल्टी दिने तथा अवस्था हेरेर फल गर्ने खेलाडीलाई पहेँलो वा रातो कार्ड दिने नियम थियो । तर, अबबाट नियतवश फल गरेमा खेलाडीलाई सिधै मैदान बाहिर पठाइनेछ । बल नियन्त्रणमा लिनेक्रममा भएको फलका लागि भने खेलाडीले पहेँलो कार्ड पाउनेछन् ।

३. खेल शुरु हुन अगावै पनि रेडकार्ड
अहिलेसम्म खेल सुरु भइसकेपछि मात्रै रेफ्रीले खेलाडीलाई रातो कार्ड दिनसक्ने नियम थयो । तर, अब खेल सुरु हुनुअगावै पनि रेडकार्ड दिन सकिने छ । यदि कुनै खेलाडीले खेल सुरु हुनुअगावै आफ्नो व्यवहारका कारण रेडकार्ड पाएमा उसको ठाँउमा बेन्चमा रहेको अर्को साथीले खेल्न पाउनेछ । खेल सुरु हुनुअगावै पाउने रेडकार्डले टिमलाई १० खेलाडीमा भने सिमित गर्ने छैन ।

४. चोटको समय
पुरानो नियममा खेलाडीलाई चोटपटक लागेमा तुरुन्तै मैदानबाहिर लगेर उपचार गरिन्छ । उपचारपछि ठिक भएमा रेफ्रीले मैदानमा आउने इशारा गर्दछन् । तर, अबबाट घाइते खेलाडीको उपचार २० सेकण्डसम्म मैदानमा नै गर्न सकिनेछ ।

५. खेल शुरु गर्ने

अहिलेसम्मको नियममा खेल शुरु गर्दा बललाई अगाडि लैजानुपर्दछ । तर नयाँ नियममा बललाई साइड पास वा ब्याक पास गर्न पनि सकिनेछ ।

६. आक्रामक पंक्ति
अहिलेसम्मको नियम अनुसार फ्रि किक हान्ने टीमका खेलाडी गोलकिपर नजिक उभिन्छन् । फ्रि किक मिस भएमा भीडको फाइदा उठाएर कुनै पनि खेलाडीले गोल गर्न सक्दछ । तर नयाँ नियमअनुसार फ्रि किक हान्ने बेलामा सो टिमका खेलाडीहरु गोल किपरको अगाडि उभिन पाउने छैनन् । गोलकिपरहरुका लागि यो निकै राहतको खबर हो ।

७. ड्रिंक्स ब्रेक
पुरानो नियमअनुसार गर्मी वा तिर्खा लागेको बेलामा रेफ्रीले पानी पिउने ब्रेकलाई बढाउने स्वतन्त्रता छ । नयाँ नियममा पनि ब्रेक दिने स्वतन्त्रता त छ तर, रेफ्रीले हरेक सेकण्डको हिसाब राख्नु पर्नेछ । यो ब्रेकलाई पछि अतिरिक्त समयमा सामेल गर्नुपर्नेछ ।

८. थ्रो
पुरानो नियममा पनि थ्रो फाल्ने तरिका छ । तर व्यवसायिक फुटबलमा खेलाडीले गलत थ्रो फालेमा रेफ्रीले सिटी खासै बजाएको देखिँदैन । तर अबबाट गलत थ्रो फाल्ने वित्तिकै तुरुन्त सिटी बजाउनुपर्नेछ । खेलाडीले दुवै हातले टाउको पडाडिबाट बल ल्याएर थ्रो गर्नुपर्छ र बल फाल्दा टाउको माथिबाट नै फाल्नुपर्दछ । यस्तो गरेको भेटिएमा रेफ्रीले तुरन्तै सिटी बजाउन सक्नेछन् ।

९. बिना जुत्ता खेल्न पाउने
खेल चलिरहेका बेला जुत्ता फुस्किएमा खेलाडीले खेल जारी राख्न खेल रोकिने बेलासम्म पर्खनुपर्दछ । तर अबबाट जुत्ताबिना वा शिन गार्डबिना पनि खेललाई जारी राख्न सक्दछन् ।

१०. अण्डरवेयरको रंग
अहिलेसम्मको नियम अनुसार टीमको जर्सी वा निकरभित्र आफ्नो इच्छा अनुसारको अण्डरवेयर लगाउन पाउँछन् । तर नयाँ नियम लागू भएपछि जर्सी वा निकर जस्तो छ, त्यस्तै रंगको अण्डरवेयर लगाउनुपर्नेछ ।

साथै जर्सी अनुसारको अण्डरवेयर नभएमा रेफ्रीले खेलाडीलाई अण्डरवेयर परिवर्तन गर्न आदेश दिन पनि सक्दछन् ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger