काठमाडौं, ३० जेठ । केही दिनअघि सार्वजनिक कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै उच्च शिक्षा हासिल नगरेकाले ज्ञान र विज्ञानका कुरा गर्न नमिल्ने बताएका थिए ।
त्यसपछि विभिन्न प्रतिक्रिया दिँदै आएको प्रधानमन्त्री ओलीले आज भने डा बाबुराम भट्टराईलाई पुग्ने गरी जवाफ दिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजीत नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाइएको थियो । प्रधानमन्त्री कार्यालयले समय अभावका कारण नजाने संकत गरेको थियो । डा भट्टराईले ओलीलाई पटक पटक फोन गरेर सभामा सहभागी भइदिन आग्रह गरे । निकै पटकको प्रयासपछि फोन उठाएका अोलीले भट्टराईलाई जवाफ दिए, ‘म त्यति पढेलेखेको मान्छे होइन, सभामा आउन मन भएर मात्र के गर्नु ।’ ओलीले त्यति भनेपछि डा भट्टराईले पुरानो कुरा छाडि नलागी कार्यक्रममा आईदिनु आइदिनुपर्यो भनेपछि ओलीले जाने भएको बताईएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment