काठमाडौं । राजधानीको ग्राण्डी अस्पतालमा उपचार गरिरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई एक ठूला मिडिया हाउसको डिजिटल संस्करणमा मृत भन्दै विहान समाचार प्रकाशित गरेपछि सामाजिक सञ्जालहरुमा गुरुङमा उनको शोक जनाइयो । तर जिवितै रहेका व्यक्तिलाई मृत भनी समाचार आएपछि उनका परिवार र स्वयम अस्पताल समेत आश्चर्य चकित र स्तब्त हुनपुग्यो । अस्पतालले उनको अवस्था स्थिर रहेको जनाएको छ । मृत्यु समाचार आएसँगै समाजिक सञ्जालमा उनीप्रति शोक जनाएका उनका लाखौं शुभचिन्तकहरुलाई आक्रोस थपेको छ ।
राष्ट्रिय गानका संगीतकार समेत रहेका अम्बर गुरुङका छोरा राजु गुरुङले जिबितै रहेका आफ्ना बाबुलाई मृत्यु भएको भनी गलत समाचार प्रकाशित गरेको भन्दै दुःख जनाएका छन् भने अस्पतालले पनि अम्बर गुरुङको उपचार भइरहेको जनाएको स्पष्ट पारेको छ । समाचार असत्य भएपछि उक्त मिडियाले आफ्नो समाचार तुरुन्तै सच्याएको छ । तर त्यत्ति बेलासम्म उक्त समाचार देश विदेशमा लाखौं नेपालीसम्म पुगिसकेको थियो । समाचारमा पहिलो हुने नाममा यस्ता गलत समाचार प्रकाशित गर्ने कुराले आधुनिक डिजिटल मिडियाप्रतिको विश्वस्नियतमा प्रश्न उठने गरेको छ । सो अस्पतालका निर्देशक डा चक्रराज पाण्डेका अनुसार उनको अवस्था निकै नाजुक रहेको र औषधिका आधारमा उनको स्वास्थ्यस्थिति स्थिर राखिएको जानकारी दिए । डा पाण्डेले भने – “स्वास्थ्य अवस्था निकै नाजुक भए पनि औषधिका आधारमा स्थिर रहेको छ । राम्रो हुन्छ र घर फर्किहाल्नुहुन्छ भन्ने अवस्था यकिन गर्न सक्ने अवस्था छैन । कृत्रिम श्वासप्रश्वास चलाइएको छ ।” सङ्गीतकार गुरुङका छोरा किशोर गुरुङले उहाँको मुटुमा समस्याको चुनौती गरिरहनुभएको र अरु अङ्गहरु ठीकै रहेको परीक्षणले देखाए पनि समग्रमा स्वास्थ्यस्थिति गम्भीर देखिएको बताए । यसअघि भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्किएका ८४ वर्गीय अम्बर गुरुङ गत चैत १७ गते स्वदेश फर्किएका थिए । उनी उच्च रक्तचाप, मधुमेह, पार्किन्सोनिजम लगायतका समस्याबाट पीडित छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment