|
|
१९९० को महाभूकम्पले काठमाडौं उपत्यकाको पहिचान ११ तले धरहरालाई ठुन्क्याइदियो । त्यसपछि पुनर्निर्माण गरिँदा नौतले बन्यो । १२ वैशाख ०७२ को भूकम्पले धरहरालाई धुलोमा मिलाइदियो । १३ महिना बितिसक्दा बल्ल पुनर्निर्माणको खाका कोरिँदै गर्दा धरहरा फेरि पुरानै स्वरूपमा ११ तलाकै बनाउने तयारी हुँदै छ । तर, पुनर्निर्माणको गति भने निकै सुस्त र पट्यारलाग्दो छ ।
१२ वैशाखको भूकम्पबाट ध्वस्त धरहरा पुरानै स्वरूप र उचाइमा निर्माण गरिने भएको छ । भूकम्पका वेला नौतले रहेको धरहरा पुनर्निर्माण गर्दा ११ तले बनाइने भएको छ भने दुई सय ४५ फिट उचाइको हुनेछ ।
पुरातत्त्व विभागका अनुसार नवनिर्मित धरहरामा अध्याधुनिक लिफ्ट बन्नेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । धरहरा ११ तलाको बन्नेछ । यसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न विभागले ‘कन्सल्टेन्ट’लाई जिम्मा लगाइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
|
|
Post a Comment