
वर्षातको समय बालबालिकामा पखालाको जोखिम बढी हुन्छ । दुषित पानी, झिंगा भन्केका खानेकुरा लगायतका कारण उनीहरुमा जोखिम बढ्ने गरेकेा होे । यसको उपचार समयमै नगरे उनीहरुमा डिहाइड्रेसन अर्थात शरीरमा पानीको कमी हुने खतरा बढी हुन्छ । त्यसैले यसको रोकथामका लागि सबै आमाबाबुले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । दुषित खानेकुरा खानबाट रोक लगाउनुपर्छ । तर, त्यसका बाबजुद बच्चाहरुमा यो समस्या देखापरे घरैमा बसेर पनि यसको उपचार गर्न सकिन्छ । पखालाका लक्षणः तारन्तार पातलो दिशा हुनु पेट दुख्नु शरीर चिसो हुनुका साथै ज्वरो देखा पर्नु कमजोर महसुस गर्नु थोरै पिसाब हुनु बच्चा रुँदा अलिकति मात्र आँशु आउनु अथवा आँशु नै नआउनु शरीर चिसो र सुख्खा (ड्राई) हुनु उपचार गर्ने विधि बच्चालाई दिशा अथवा पखाला लागेको थाहा पाउनासाथ अदुवाको सानो टुक्रा चपाउन दिने वा त्यसको रस पिउन लगाउने । त्यस्तै अमला, कागती र चिनी मिसाएर ताजा जुस बनाउने । जुन बच्चाका लागि निकै फाइदाजनक हुन्छ । आधा चम्चा अदुवाको रस, कागतीको रस र एक चौथाई मरिचको धुलो मिसाएर दिएको खण्डमा पनि त्यसले बच्चाको स्वास्थ्यमा फाइदा पुग्छ । दहीमा केरा फिटेर दिँदा त्यसले पनि बच्चाको दिशा चाँडै रोकिन्छ । सिंगो जिरालाई राम्ररी भुट्ने, र त्यसलाई खाना पश्चात्त दहीसित दिनाले पनि बच्चाको पाचन प्रक्रियामा मद्दत पुग्दछ । यसले पखाला रोक्नुका साथै बच्चालाई छिट्टै निको गराउँछ । मोहीमा अलिकति कालो मरिच हालेर खान दिएमा पनि यसको रोकथाममा मद्दत पुग्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment