Headlines News :
Home » » लण्डनमा यसरी खुल्यो पहिलो 'नेकेड' रेष्टुरेण्ट..

लण्डनमा यसरी खुल्यो पहिलो 'नेकेड' रेष्टुरेण्ट..

Written By news on Saturday, 11 June 2016 | 22:50

४६ हजार ग्राहकलाई 'क्यु'मा राखेको लण्डनको पहिलो 'नेकेड' रेष्टुरेण्टको दैलो शुक्रवार दक्षिण पूर्वी लण्डनको गोप्य स्थानमा खुलेको छ। जम्मा तीन महिनाका लागि खुलेको 'बुनियादी' नामको यो रेष्टुरेण्टमा डेली मेलका दुई पत्रकारले 'नेकेड' ग्राहकको अनुभव बटुलेका छन्।
एक जना पुरुष पत्रकार ३१ वर्षका जेम्स डन र एक जना महिला पत्रकार २४ वर्षकी इमिली होडकिनले यो रेष्टुरेण्टको अनुभव डेली मेल अनलाइनमा तस्वीरसहित सार्वजनिक गरेका छन्। एक पटकमा ४२ जना ग्राहकले सेवा लिन सक्ने यो 'नेकेड' रेष्टुरेण्टमा मेनुका पाँच वटा कोर्स राखिएको छ। भेज र ननभेज दुवै खाना पाइने यहाँ ग्राहकले ६९ पाउण्ड खर्च गर्नुपर्छ।
प्राकृतिक अनुभव दिलाउनका लागि यो रेष्टुरेण्टमा कुनै पनि विद्युतीय र ग्यास प्रयोग गरिएको छैन। यहाँ खाना हातैले बनाइएका माटोका भाँडामा उपलब्ध हुन्छ। रेष्टुरेण्टमा छिरेपछि मोवाइल लगायतका विद्युतीय उपकरण चलाउन पाइँदैन, फोटो खिच्न पनि मनाही छ। त्यसैगरी यो रेष्टुरेण्टमा ग्राहक आफूले लगाएर गएका कपडा पनि खोल्नुपर्ने नियम छ।
नाङ्गै बस्न अफ्ठ्यारो हुने ग्राहकले रेष्टुरेण्टकै गाउन लगाउन सक्छन्। बुनियादीमा छिरेपछि ग्राहकलाई नाङ्गै रहेका वेटरले स्वागत गर्छन। त्यसपछि ग्राहकलाई उनीहरुको प्राइभेट रुममा लगिन्छ जहाँ उनीहरुले गाउन लगाउन सक्छन्।
त्यो गाउन उनीहरुले डिनरका बेला लगाउन वा खोल्न पाउने व्यवस्था छ। रेष्टुरेण्टमै नाङ्गै खाना लिन नचाहने ग्राहकले कपडा पनि लगाउन सक्छन्। तर उनीहरुका लागि छुट्टै 'क्लोथ सेक्सन' बनाइएको छ। यो रेष्टुरेण्टको कन्सेप्ट सेव लायलाले तयार गरेका हुन्। उनले यो रेष्टुरेण्टको सबैभन्दा ठूलो युएसपि नेकेडनेस हुने बताए।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger