|
|
शिक्षक गुरुप्रसाद लुृइँटेलको अपहरण र हत्या गरेको भन्दै छोरा फणीन्द्रले बुधबार आयोगकै कार्यालयमा पुगी उनीविरुद्ध उजुरी दर्ता गराएका थिए । गुरुप्रसाद ज्ञानप्रकाश मावि घोराखोरी ओखलढुंगाका शिक्षक थिए ।
उजुरीमा माओवादी नेता रामबहादुर थापा, पेशल खतिवडा, पूर्वसांसद केशव राई, वाईसीएल अध्यक्ष रामचन्द्र शर्मालाई पनि अभियुक्त बनाइएको छ ।
लुइँटेललाई २०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा घोराखोरीबाट अपहरण गरिएको उजुरीमा उल्लेख छ । त्यसपछि लुइँटेललाई रुखमा झुन्ड्याएर मारिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।
|
|
Post a Comment