काठमाडौं, ३ सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो । संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ । संघ अध्यक्ष शिवप्रसाद घिमिरेले उद्योगको कुनै पनि गल्ती नभई एचपी ग्यासको पिडिओ रोक्का गरिएकाले निर्णय नसच्याए ५ दिनपछि सबै उद्योगले पिडिओ सुविधा नलिई उद्योग बन्द गर्ने चेतावनी दिए । राष्ट्रिय उपभोक्ता हित परिषदको बुधवारको बैठकले एचपी ग्यास सिलिन्डर विस्फोटनबाट मानवीय क्षति भएको भन्दै पिडिओ रोक्का गनै नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको थियो। सो निर्णय फिर्ता गर्न उद्योगीहरु लागिपरेका छन् । आजको कारोबार दैनिकमा खबर छ
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment