|
|
काठमाडौँ, १३ असार ।
सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुक जान प्रतिबन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुट्टीमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ ।
श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकाले नजान आग्रह गर्दै सर्वसाधारणलाई ट्राभल एडभाइजरी गर्न र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेको हो ।
अफगानिस्तानको राजधानी काबुलमा क्यानेडेली दूतावासमा गार्डको काम गर्दै आएका नेपालीमाथि लक्षित गर्दै गत सोमबार तालिबान आतंकबादीले आत्मघाती बम विस्फोट गराएर १३ नेपालीको मृत्यु भएपछि बिहीबार मन्त्रिपरिषद बैठले अफगानिस्तान, इराक, सिरिया र लिबियामा नेपालीलाई रोजगारका लागि जान प्रतिबन्ध लगाएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
|
|
Post a Comment