यी तस्बिरमा देखिएका व्यक्ति भारतका योग गुरु रामदेव होइनन् भनेको सुन्नुभयो भने पत्यार नलाग्न सक्छ ।
तर, यो कुरा साँचो हो । भारतका सञ्जय तलबार नाम गरेका यी व्यक्ति रामदेवका ‘डुप्लिकेट’ हुन् । कुनै बेला बस चलाएर जीविका चलाउने उनी अहिले रामदेवजस्तो देखिने मुख र जीउडालबाटै गुजारा चलाउने गर्छन् । ‘केही वर्षअघि टीभी च्यानलका मानिसले मलाई देखेर ‘तपाईं त बाबा रामदेवजस्तै हुनुहुँदो रहेछ’ भने । त्यसपछि मैले रामदेवको जस्तो पहिरन र हाउभाउमा आफूलाई उतार्ने प्रयास गर्न थालेको हुँ,’ उनले भने । उनको बायाँ आँखा फड्फडाउने र चिम्सो देखिने गथ्र्यो । पहिले उनलाई बायाँ आँखासँग दिक्क लाग्थ्यो । ‘तर, यो आँखा मेरा लागि वरदान सिद्ध भयो । रामदेवको बायाँ आँखा पनि यस्तै छ,’ उनले भने । रामदेवजस्तो भएर विभिन्न विज्ञापन, हास्य कार्यक्रम आदिमा अभिनय गर्दै जीविकोपार्जन गर्न उनले सुरु गरिसकेका छन् । ‘बाबा रामदेवबारे बनेको एउटा कमेडी फिल्ममा काम गरिसकेको छु । विभिन्न विज्ञापनमा रामदेव भएर मोडलिङसमेत गरिसकेको छु,’ उनले भने । रामदेवबाट प्रभावित भएर आफूले बिहान–बिहान योग गर्न समेत सुरु गरेको उनले बताए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment