|
|
काठमाडौँ : लिम्बुवान नेता कुमार लिङदेन जो २ ओटा पार्टीको साझा अध्यक्ष हुन् । २ वर्ष अघि लिङदेन निर्वाचन आयोगमा दर्ता गराइसकेका पार्टी ‘संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ पार्टीका केन्द्रिय अध्यक्ष थिए ।
नेता लिङनले निवार्चन आयनेगमा दर्ता गरिसकेका एउटा पार्टीको महाधिवेशनको लागि दर्ता हुन बाँकी रहेको अर्को पार्टीको लेटरप्याड प्रयोग गरेका छन् । तर, दिङदेन आफै दुबै पार्टीको अध्यक्ष रहेका छन् ।
२०७१ सालमा धनकुटाको भेडेटारमा आयोजना भएको एकताको भेलाले पाँचवटा लिम्बुवान पार्टीहरुलार्ए एकिकरण गरेर संघिय दिम्बुवान नेपाल गठन गरेको थियो । यो पार्टी निर्वाचन आयोगमा दर्ता हुन प्रक्रियामा छ । यो पार्टीका अध्यक्ष लिङदेन आफै छन् ।
पहिलो संविधानसभाबाट सोही मञ्चका तर्फबाट ‘रुक्मिणी चौधरी’ र ‘राजेन्द्र नाल्बो’ सभासद बनेका थिए । पछि पार्टी विभाजन भयो र रुक्मिणीले बेग्लै थरुहट बनाइन् । नाल्बो निश्क्रिय भए ।
निर्वाचन आयोगमा दर्ता भएको पार्टी तर, एकीकरणपछि विघटन भएको ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’को दोस्रो महाधिवेशनको आह्वान कुमार लिङदेनले गरेका छन् ।
रोचक कुरोत लिङदेनले ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ पार्टीको महाधिवशेनबारे जारी गरेको प्रेस वक्तव्य अर्कै पार्टीको लेटरप्याडमा प्रकाशित गरेका छन् ।
|
|
Post a Comment