|
|
ललितपुर, १३ असार ।
प्रहरीले कुपण्डोलस्थित बागमती नदमिा फुल्लिएर किरा समेत परि दुर्गन्धित अवस्थामा एकजना पुरुषको लाश फेला पारेको छ ।
खुईलिएको खैरो रंगको पुरा बाउने चेक सर्ट र गाढा खरानी रंगको पाईन्ट लगाएको, कालो रंगको चप्पल लगाएको अन्दाजी ३०/३२ वर्षको पुरुषको उक्त लाशलाई सनाखत गर्न नसकिएको ललितपुर प्रहरीले जनाएको छ ।
साथै प्रहरीले सोही विवरणसँग मेल खाने कोही केही दिन यता हराएको भए सोधखोज गर्न प्रहरीमा सम्पर्क गर्नुहुन पनि सर्वसाधारणमा अनुरोध गरेको छ ।
|
|
Post a Comment