Headlines News :
Home » » रोनाल्डोका कारण पोर्चुगललाई समर्थन..

रोनाल्डोका कारण पोर्चुगललाई समर्थन..

Written By news on Wednesday, 15 June 2016 | 23:12


यसपटक युरोकप सुरुआती चरणबाटै निकै रोमाञ्चक बनेको छ । सहभागी सबै टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कुनै पनि टोली कमजोर देखिएका छैनन् ।

बुधबार बिहान भएको खेलमा पहिलोपटक ठूलो प्रतियोगिता खेलिरहेको आइसल्यान्डले पनि पोर्चुगलविरुद्ध १–१ को बराबरीमा रोक्यो । कमजोर मानिएका अन्य टोलीको प्रदर्शन पनि उस्तै छ ।


यो टोली कमजोर, यसको खेल नराम्रो भन्ने नै छैन । यसैगरी ठूला टोलीहरूले पनि अहिलेसम्म फराकिलो अन्तरको जित निकाल्न सकेका छैनन् । त्यसले प्रतियोगिता हेर्न जाँगर चलेको छ ।

सबै टोलीले बलियो प्रदर्शन गरेकाले पनि उपाधि यही टोलीले जित्ला भनेर भन्न मुस्किल छ । स्पेन, जर्मनी, इटालीलगायतका देशले राम्रो प्रदर्शन गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पोर्चुगल सधैं मेरो समर्थनको टोली हो । क्रिस्टियानो रोनाल्डो मेरो मन पर्ने खेलाडी हुन् । उनकै कारणले पनि म पोर्चुगललाई समर्थन गर्छु । तर, पोर्चुगलले यसपटक उपाधि जित्न सक्दैन ।

पोर्चुगलले उपाधि जित्न नसक्ने अवस्थामा स्पेनको समर्थन गरेको छु । स्पेनले उपाधि जितोस् भन्ने लागेको छ । यद्यपि अन्य टोलीले पनि उपाधि जित्छ सक्छन् ।

अहिलेसम्मको खेल हेर्दा इटालीले उत्कृष्ट प्रदर्शन गरेको छ । त्यसैले स्पेनसहित इटाली र जर्मनीलाई उपाधिको दाबेदार मानेको छु । आयोजक भएर पनि फ्रान्सले उपाधि जित्लाजस्तो लागेको छैन ।

पहिले मनोरञ्जनका लागि मात्रै यस्ता प्रतियोगिता हेर्थ्यौं । अहिले युरोकप हेर्नुको उद्देश्य फेरिएको छ । अहिले हामी केही सिक्नका लागि खेल हेर्छौं । अहिले राष्ट्रिय टोलीको ट्रेनिङ पनि चलिरहेको छ ।

राति टेलिभिजनमा हेरेका टेक्निक्स र टोलीहरूले अपनाएका रणानीतिलाई दिनको अभ्यासमा सिक्ने प्रयास गछौं । यद्यपि खेल राति भएकाले हेर्न केही मुस्किल भइरहेको छ । बिहानको टे«निङका कारण थकाइ लाग्छ । त्यसैले अबेर रातिसम्म बस्दा निद्राले सताउँछ । यद्यपि बल गरेरै भए पनि खेल हेरिरहेको छु ।

केही खेल आफ्नैमा हेर्छु । नत्र प्रायः भरत (खवास) कहाँ गएर ऊसँगै हेर्छु । भरतसँग बसेर खेल हेर्दा केही फाइदा पनि हुन्छ । दुवैजना अग्रपंक्तिमा खेल्छौं । हामी खेल हेर्दै उनीहरूको प्रदर्शन, उनीहरूले अपनाएका टेक्निक्स, उनीहरूको पोजिसनलगायत कुराहरूका बारेमा छलफल गर्छौं ।

हामी यसरी खेल्नुपर्छ, यो पोजिसनमा बस्नुपर्छ, बललाई यसरी अघि बढाउनुपर्छ भनेर एकले अर्कालाई सुझाव पनि दिन्छौं । त्यसले आफ्नो प्रदर्शनमा सुधार ल्याउन सहयोग मिल्नेछ ।

(नवयुग राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर हुन् ।)
                                                     

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger