|
|
म्याक्सीम ईन्डीया म्यागजीनमा जुन र जुलाई अंकका लागि कभर गर्ल बनेकी प्रियंका चोपडा म्यागजीनका लागि खिचेको कभर फोटोका कारण अहिले सामाजिक सञ्जालमा आलोचित भईरहेकी छिन् ।
प्रियंकाको तस्वीरलाई हट बनाउनका लागि फोटोशप गरिएको भनेर केही ट्वीटर प्रयोगकर्ताहरुले दावी गरेका छन्।उनीहरुले कभर फोटोलाई प्रियंकाको पुराना तस्विरहरुसंग तुलना गर्दै प्रियंकाको बडीपार्टलाई फोटोशप बाट सुन्दर बनाउन खोजिएको जनाएका छन्। म्यागजिनको कभर फोटोमा प्रियंका हात माथी उठाएर कपाल समातेको पोजमा छिन् ।जहाँ उनको काखी निकै सफा देखीएको छ।तर ट्वीटर प्रयोगकर्ताहरुले प्रियंकाको बडीपार्ट अस्वभाविक र कृतिम देखिएको भन्दै आलोचना गरेका छन्।
यसै विच प्रियंकाले भने आलोचनाको विरुद्धमा आफ्नो ईन्स्टाग्राममा नयां फोटो शेयर गरेकी छिन्। जसमा उनी पत्रिकाको कभर फोटोमा जस्तै हात माथी उठाएर बालकोनीमा उभीएकी छिन्।नयां फोटो मार्फत उनले आलोचना गर्नेका लागि कभर फोटो वास्तविक भएको भान पार्न खाजेकी छिन्।
|
|
Post a Comment