|
|
काठमाडौं, ८ असार ।
प्रधानमन्त्री केपी शर्मा ओली अफगानिस्तानको काबुलमा मारिएका १२ नेपालीको शव बुझ्न त्रिभुवन विमानस्थल पुग्नुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार काबुलबाट शव लिएर नेपाल वायुसेवा निगमको चार्टर विमान काठमाडौंमा अवतरण भएसँगै प्रधानमन्त्री ओली विमानस्थल पुग्नुभएको हो ।
विमानस्थलमा नेपालीका शवहरु सेनाको गाडिमा ।
प्रधानमन्त्रीका साथमा गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरासहित विशिष्ट व्यक्तिहरू विमानस्थलमा पुग्नुभएको छ ।
कमाउन गएका नेपालीहरुको शव बाकसमा आएपछि अहिले विमानस्थलमा रुवाबासी भइरहेको छ । मृतकका परिवार पनि विमानस्थलमा छन् । विमानस्थलको शोकमग्न दृश्यले अहिले सबैलाई भावुक बनाएको छ ।
सोमबार अफगानिस्ताको राजधानी काबुलमा भएको आतंकवादी आत्मघाती हमलामा १२ नेपालीसहित १४ जना मारिएका थिए भने ९ जना घाइते भएका थिए । जसमा पाँच नेपाली पनि रहेका छन् ।
यो घटनापछि अफगानिस्तानबाट २४ जना नेपाली कामदार पनि फर्किएका छन् । उनीहरुलाई प्रम ओलीले स्वागत गर्दै नेपालीमै रोजगारी दिलाउने आश्वासन दिएका छन् ।
|
|
Post a Comment