Headlines News :
Home » » दश हजारको लोभमा काठमाडौंमा आफ्नै साथीको हत्या...........हेर्नुस ....

दश हजारको लोभमा काठमाडौंमा आफ्नै साथीको हत्या...........हेर्नुस ....

Written By news on Friday, 10 June 2016 | 01:10

काठमाडौं, २८ जेठ । वैशाख २० गते काठमाडौंको तिनचुलीमा मृत भेटिएका लाक्पा तामाङका हत्यारालाई प्रहरीले पत्ता लगाई पक्राउ गरेको छ ।

तामाङको हत्या उनकै साथीले अनुसन्धानमा खुलेको छ । शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखाले हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरेको छ ।

सिन्धुपाल्चोक दुवाचौर घर भएका २० वर्षीय तामाङ गत वैशाख २० गते तिनचुलीस्थित मगललाल श्रेष्ठको खेतमा मृत अवस्थामा फेला परेका थिए । उनी पेशेवर चोर भएको खुलेको छ ।

चोरी गरेको १० हजार रुपैयाँ एक्लै लिन खोज्ने क्रममा सिन्धुपाल्चोककै २८ वर्षीय बलराम ज्योतिले उनको टाउकोमा रडले हानेर हत्या गरेको प्रहरीले अनुसन्धानमा पत्ता लगाएको छ । अभियुक्त बलराम ज्योतिलाई विहीबार पक्राउ गरिएको थियो । उनी पनि चोर नै भएको खुलेको छ ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु

    बलराम ज्योति विगत ६/७ वर्ष अगाडिदेखी काठमाण्डौंमा आई तिनचुलीमा कोठा लिई बस्दै आएको ।
    मृतक लाक्पा तामाङ र निज बलराम ज्योति बच्चादेखीको साथी भएका कारण हाल दुवैजना तिनचुलीमा नै एउटै कोठामा बस्दै आएका ।
    बलराम ज्योति र निजका साथीहरु समेत मिलेर विगतमा रातको समयमा बिभिन्न स्थानहरुमा चोरी समेत गर्ने गरेको ।
    पछिल्लो समय लाक्पा तामाङ कामको शिलसिलामा भारत जान भनि घटना भएको दिन मिति २०७३/०१/१९ गते गाउँबाट काठमाण्डौं आएको ।
    सोही दिन बेलुका अं.१८:३० बजेको समयमा मृतक लाक्पा तामाङ,जित बहादुर तामाङ र बलराम जोरपाटीमा भेट भई नजिकै रहेको लक्ष्मी होटलमा रक्सी र चाउचाउ खाएको ।
    अत्याधिक रक्सी सेवन गरिसके पछी अं.२१:०० बजेतिर तिनै जना तिनचुली आरुवारीमा रहेको कोठामा गएको, कोठामा पुगे पछी जित बहादुर तामाङ सुतेको तर मृतक र अभियुक्त बलराम ज्योति चोरी गर्ने उद्देश्यले बाहिर निस्केको ।
    चोरी गर्ने उपयुक्त वातावरण नमिले पछी निजहरु तिनचुली आरुवारीमा रहेको छहारी क्लवतिर गएको र एकजना अपरिचित मानिस रक्सी खाएर सुतिरहेको देखि उक्त ब्यक्तिलाई लुट्ने उद्देश्यले निजको गोजी छामी निजको साथमा रहेको रु.१०,०००/- (दश हजार) लुटी लगेको ।
    पैसा लुटी सकेपछी उक्त १०,०००/- रुपैया एक्लै प्राप्त गर्ने उद्देश्यले बलराम ज्योतिले का.जि.का.म.पा-६ तिनचुली आरुवारीमा बन्दै गरेको घरबाट रडको टुक्रा आफुसँगै लिएर गएको ।
    सोही बन्दै गरेको घर नजिकै रहेको मंगलमान श्रेष्ठको खेतमा पुगेपछी लाक्पा तामाङलाई आफ्नो साथमा रहेको फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरी फरार रहेको ।
    घटना पश्चात् निज फरार रहेको र उपत्यका बाहिरका विभिन्न स्थानहरुमा लुकीछिपी बस्ने गरेको ।

अनुसन्धान पश्चात् निज अभियुक्त बलराम ज्योतिलाई काठमाण्डौं आएको अवस्थामा का.जि.दक्षिणढोकाबाट मिति २०७३/०२/२७ गते अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरि थप कानुनी कारवाहीको लागी मिति २०७३/०२/२८ गते महानगरीय प्रहरी वृत्त बौद्द पठाईएको ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger