Headlines News :
Home » » नर्भिक र बी एन्ड बीमा पनि नक्कली डाक्टर !

नर्भिक र बी एन्ड बीमा पनि नक्कली डाक्टर !

Written By news on Sunday, 19 June 2016 | 00:44


काठमाडौं, ५ असार । काठमाडौं कै नाम चलेका प्रख्यात अस्पतालमासमेत नक्कली चिकित्सक रहेको तथ्य सार्वजनिक भएको जनाएको छ । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को विशेष टोलीले काठमाडौंको नर्भिक, ललितपुरको बी एन्ड बीलगायत केही निजी र नाम चलेका अस्प्तालबाट नक्कली चिकित्सक पक्राउ गरेको छ । राजधानीका केही क्लिनिकबाटसमेत चिकित्सकहरुलाई पक्राउ गरिएको बताएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) नक्कली चिकित्सक पक्राउ गर्न अप्रेसन नै शुरू गरेको छ । प्रहरीले उपत्यकाबाट मात्रै झन्डै डेढ दर्जन चिकित्सक पक्राउ गरेको छ । उपत्यकाबाहिर वीरगन्ज, विराटनगर, दाङ, चितवनलगायतका जिल्लाबाट करिब ३८ जना नक्कली चिकित्सक पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा करिब आधा दर्जन महिला चिकित्सकसमेत रहेका छन् । सीआईबीले अाइतबार पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । को को हुन् पक्राउ पर्ने चिकित्सक ? पक्राउ पर्नेमा किस्ट मेडिकल कलेजका आईसीयू इन्चार्ज डा. दिनेश पौडेल, नेपाल परिवार नियोजन संघ परियोजनाका डा. गजेन्द्रप्रकाश भण्डारीलगायत रहेका छन्। प्रहरीले उपत्यकाबाट पक्राउ गरिएका चिकित्सकको नाम एकैसाथ सार्वजनिक गर्ने भन्दै अति गोप्य राखेको छ । ३६ जना नक्कली डाक्टरलाई काठमाडौं जिल्ला अदालत लगियो नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई काठमाडौं जिल्ला अदालत बबरमहल लगिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले न्यायिक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौं लगेको हो। आइतबार बिहान ब्युरोले नक्कली प्रमाणधारी ३६ जनालाई जिल्ला अदालतमा उपस्थित गराएको हो । जसमा काठमाडौंबाट समातिएका १५ जना छन् भने पोखरा, चितवन, ललितपुर, विराटनगर लगायतका ठाउँबाट समातिएका डाक्टरहरु रहेका छन् । ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार उनीहरुले एमबिबिएस अध्ययनको लागि नक्कली प्रमाणपत्र पेश गरेका थिए । ब्युरोले उच्च माध्यामिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलको सहयोगमा नक्कली पमाणपत्र छानविन ‘अपरेसन’ सुरु गरेको थियो । यसअघि पनि ब्युरोले १९ जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो जसमा १८ जना धरौटी बुझाएर रिहा भएका थिए । १ जना मानसिक विचलन भइ उपचाररत छन् ।

कान्तिपुर

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger