|
|
भारतको मुम्बइमा भएको सडक दुर्घटनामा १७ जनाको ज्यान गएको छ । मुम्बई–पुणे द्रुतमार्गको पनवेलमा रोकिराखेको दुई वटा कारलाई यात्रु बसले ठक्कर दिँदा अन्य ३३ जना घाइते भएका छन् । घाइतेको मुम्बईको एमजिएम अस्पतालमा उपचार भइरहेको छ । पुणेबाट मुम्बईका लागि छुटेको कार पनवेलमा टायर बिग्रिएर रोकिएको थियो ।
अर्को कारले बिग्रिएको कार बनाउन सहयोग गरिरहेको बेला बसले ठक्कर दिएको हो । दुवै कारका यात्रु टायर फेर्ने लागेका बेला साताराबाट मुम्बईका लागि छुटेको निजी बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुई कारलाई ठक्कर दिएको बस बाटोबाट २० फिट तल खसेको थियो ।
दुर्घटनामा ज्यान जानेमा एक ६ महिनाको बच्चा, १० महिला र ६ पुरुष छन् । घाइतेको अवस्था गम्भीर छ । घटनाको जानकारी पाएलगैत प्रहरी उद्धार तथा राहतका लागि घटना स्थल पुगेको थियो । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
|
|
Post a Comment