Headlines News :
Home » » एमालेमा भुसको आगो जोरी खोज्नेहरु यस्ता छन्..

एमालेमा भुसको आगो जोरी खोज्नेहरु यस्ता छन्..

Written By news on Thursday, 16 June 2016 | 22:00

असार ३ , काठमाडौँ  –


  प्रधानमन्त्री केपी ओलीले पार्टीमा निरंकुशता चलाएको र फरक विचारलाई पार्टीमा सम्मान नदिइएको भन्दै माधव नेपाल गुटले छेडेको युद्धले केपी ओलीलाई मात्रै होइन उनको कमाण्डलाई समेत अप्ठ्यारोमा पारिदिएको छ । विभिन्न जिल्लामा भएको अधिवेशनमा ओली पक्ष बढारिँदै गएको छ भने नेपाल पक्षले सानदार जीत निकालेको छ । हालसम्म भएका करिब ३० जिल्लाको महाधिवेशनमा नेपाल पक्षले २२ जिल्लामा एकछत्र राज गरेको छ । तर ओाली गुट क्रमशः कमजोर बन्दै गएको छ । सरकारमा रहेर गुटको मात्र सेवा गरेको भन्दै उनलाई साथ दिँदै आएका नेता तथा कार्यकर्ताले समेत क्रमशः साथ छोड्दै जान थालेका छन् । सरकार सञ्चालनमा सहयात्री दललाई साथ र विश्वासमा नलिएको, आफूखुसी गलत संस्कारको विकास गरेको, भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेपाल समूहले ओलीविरुद्ध छेडेको युद्धलाई कसरी सम्बोधन गर्ने विषयमा एमालेभित्र गरमागरम बहस सुरु भएको छ । हरेक आयोजनाबाट रकम उठाउने, गुट विस्तार गर्ने धन्दा समेत ओलीले सुरु गरेको नेपाल पक्षको आरोप छ । ओलीले पार्टीमा ज्यादती गरेको नेपाल पक्षको आरोप मात्रै होइन त्यसलाई प्रतिवेदनकै रुपमा प्रस्तुत गर्ने तयारी समेत गरिएको छ । यस्तै मुलुकका सामु रहेका समस्या समाधानमा ध्यान दिनुको साटो क्रमशः त्यसलाई थाहा नपाएको जस्तो गर्ने प्रवृत्ति ओलीमा विकास भएको छ

। आजको जनआह्वान साप्ताहिकमा खबर छ

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger