|
|
८ असार, काठमाडौं ।
अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको १२ नेपालीको शव ल्याइँदैछ । नेपाल वायु सेवा निगमको विमान काबुलबाट उडिसकेको छ ।
र, दिउँसो ३ बजे काठमाडौं आइपुग्नेछ । शव बुझ्दा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा पनि विमानस्थल जाने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमानमा २४ नेपाली कामदार पनि घर फर्किएका छन् ।
सरकारले नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न भनेको थियो । काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई बुधबार भारतको नयाँदिल्ली लगिएको छ ।
यो पनि पढ्नुस् काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई दिल्ली लगियो
|
|
Post a Comment