भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाहले दिल्लीमा नेपालको धर्म संस्कृति खतरामा परेको बताएका छन् । भारतीय टिभी च्यानल न्यूज २४ को अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचार अनुसार पूर्वराजा शाहले ‘नेपाल की धर्म–संस्कृति खतरे में’ भनेको उल्लेख छ ।
उनले सत्ताका भोका नेताहरु कुर्सीभन्दा माथि उठ्नुपर्ने भन्दै व्यक्तिगत स्वार्थका लागि देशलाई अप्ठेरोमा पार्न नहुनेमा जोड दिएका छन् । नेपालको सार्वभौमता र अस्तित्व रक्षा गर्नसक्ने नेतृत्व अहिलेको आवश्यकता भएको उनले बताए । नेताहरुलाई दक्षिण एसियाको भू-राजनीतिक सम्वेदनालाई ख्याल गर्न उनले सुझाव दिएका छन् ।
उनले भनेका छन्- ‘अहिलेको समय नेपालको धर्म-संस्कृति, भेषभुषा र भाषमाथि खतराको बादल मडारिरहेको छ । यसलाई बुझेर उपयुक्त निर्णय लिनुपर्छ ।’ पछिल्लो समय राजतन्त्र फर्काउन सक्रिय रहेका पूर्वराजा ज्ञानेन्द्रको यस्तो प्रतिक्रिया आएको हो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment