Headlines News :
Home » » बलात्कारी बाबु पक्राउ

बलात्कारी बाबु पक्राउ

Written By news on Sunday, 29 May 2016 | 23:56

गोरखा, जेठ १७ गते । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ ।
आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।pakrau
पछिल्लो पटक सात÷आठ दिन पहिले चन्द्रबहादुरले छोरीलाई बलात्कार प्रयास गर्दा छोरी नमानेपछि कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ । प्रनाउ थापाले भन्नुभयो, “चन्द्रबहादुरलाई नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएका छौँ ।”
चन्द्रबहादुरविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही सुरु गरिएको प्रनाउ थापाको भनाइ छ । गत एक महिनाको अवधिमा गोरखामा पाँच वटा जबर्जस्ती करणीका घटना भएको प्रहरीले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger