Headlines News :
Home » » जीरे खुर्सानीका कलाकार विनोद गम्भिर दुर्घटना, ग्राण्डीमा उपचार हुँदै

जीरे खुर्सानीका कलाकार विनोद गम्भिर दुर्घटना, ग्राण्डीमा उपचार हुँदै

Written By news on Wednesday, 11 May 2016 | 08:36

टेलिश्रृङखला ‘जीरे खुर्सानी’वाट चर्चामा आएका अभिनेता विनोद केसी सख्त घाइते भएका छन् । विभिन्न सानो एवं ठूलो पर्दामा अभिनय गर्दै आएका केसी गएको आईतबार शौचालय जाने क्रममा अचानक चक्कर लागेर घरमै ढलेका थिए ।
सुगर बढेर चक्कर लागेपछि ढलेका केसी शौचालयको झ्यालबाट खसेको र केही समयपछि मात्रै परिवारका सदस्यले थाहा पाएका थिए । उनको टाउको र खुट्टामा गहिरो चोट लागेको छ भने स्पाइनल कडको हड्डी भााच्चिएको छ । अहिले धापासी स्थित ग्राण्डी अस्पतालमा उनको उपचार भईरहेको छ ।
सोमवार स्पाईनल सर्जक डा. बिनोद बिजुक्क्षेको नेतृत्वमा केसीको मेरुदण्डको अप्रेशन गरिएको छ । उनको टाउकोमा २० र खुट्टामा ७ टांका लगाइएको छ । मेरुदण्डको हड्डी भााच्चिदा ढाडको नशा च्यापिएको चिकित्सकले जनाएका छन् ।

५ दिनसम्म ओम अस्पतालमा उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि परिवारको पटक पटकको आग्रहमा केसीलाई ग्राण्डी अस्पताल लगिएको थियो । उच्च रक्तचाप समेत देखिएको केसीको स्वास्थ्यमा सुधार हुादै आएको चिकित्सकले जानकारी दिएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger