Headlines News :
Home » » बिमलघर्ति मगरकी बहिनी मनिषा मगरको हत्यारा पक्राउ !!! भिडियो हेर्नुहोस

बिमलघर्ति मगरकी बहिनी मनिषा मगरको हत्यारा पक्राउ !!! भिडियो हेर्नुहोस

Written By news on Thursday, 26 May 2016 | 18:34

अनुसान्धानकाक्रममा पक्राउ परेका मृतक मनिषाका केटा साथीको बयान र शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएकाले शवलाई विशेषज्ञ टोलीद्धारा पोस्टमार्टम गर्न काठमाडौं पठाइएको प्रहरी उपरीक्षक चौधरीको भनाइ छ ।

प्रहरीले अनुसन्धानका लागि भन्दै तिलकपुर गाविस–४ का आशिष भनिने रुद्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ ।

घाँटीमा निलडामसहित अन्य प्रकृति शंकास्पद देखिएपछि जिल्ला अस्पतालका  चिकित्सकहरुले ‘फोरेन्सी’ डाक्टरद्धारा पोस्टमार्टम गर्न सल्लाह दिएकाले शवलाई शिक्षण अस्पताल पठाइएको प्रहरी उपरीक्षक  चौधरीले बताए ।

घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएपनि पोस्टमार्टमको रिपोर्ट आएपछिमात्र स्पस्ट हुने प्रहरीले जनाएको छ ।

घटना हुने दिन बिमलकी आमा बुटवल आफन्तको घर गएकी थिइन् । विहीबार बिहान बुटवलबाट घर आएकी बिमलकी आमाले छोरी कोठाभित्र मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

बिमलको घरमा उनकी आमा र बहिनीमात्रै बस्दै आएका थिए । मृतक मनिषा बर्दघाटस्थित न्यूलाइफ उच्च माविमा ११ कक्षाको परीक्षा दिएर बसेकी थिइन् ।

‘मनिषा पंखामा झुन्डिएकी थिइन्’
अनुसन्धानकाक्रममा पक्राउ परेका आशिषको भनाइ उद्दृत गर्दै प्रहरी उपरीक्षक चौधरीले भने–‘घटना हुने दिन मनिषा र आशिषको फेसबुकको म्यासेजकाबारेमा भनाभन भएको थियो ।’

‘मनिषाको घरमा राति ११ बजेसम्म बसेका आशिषले सिम फालेर अर्को सिम राख्न मनिषालाई दबाब दिएका थिए,’ आशिषको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक चौधरीले भने–‘सिमको विवाद बढ्दै गएपछि मैले एक झापड हानिदिएँ, मनिषाले पनि मलाई एक झापड हानिन् ।’

त्यसपछि आफू बाहिर बरन्डामा आएर सुतेको आशिषले प्रहरीसमक्ष बताएका छन् ।

‘राति उठेर हेर्दा मनिषा पंखामा झुन्डिएकी थिइन्’–प्रहरीसमक्ष बयानकाक्रममा आशिषले भनेका छन् ।

‘त्यसपछि उनलार्ई निकालेको र आफू फस्ने डरले झुन्डिन प्रयोग गरेको लामो रुमालनजिकै रहेको पालुंगस्थान पेट्रोलपम्प नजिकको कल्भर्ट तल फ्याँकिदिएँ’–आशिषको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक चौधरीले भने ।

घटनाकाबारेमा आशिषले घरमा पुगेर आफ्नी आमालाई बताएपछि ‘गल्ती नगरेपछि नभाग भनेकाले आफू घरमै बसेको’ प्रहरीसमक्ष बताएका छन् ।

फेसबुकमा लेखिएको म्यासेजको विषय र अन्य कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger