Headlines News :
Home » » युएईमा एक नेपाली सहित १२ जनालाई साढे १३ करोड बरावरको चोरी अभियोग

युएईमा एक नेपाली सहित १२ जनालाई साढे १३ करोड बरावरको चोरी अभियोग

Written By news on Tuesday, 24 May 2016 | 19:56


दुवई- युएईमा एक नेपाली सहित १२ जनालाई एक गोदामबाट ५० लाख दिरहम(झण्डै नेरु साढे १३ करोड) बरावरको चोरी अभियोगको मुद्धा अदालतमा पुगेको छ । अभियोग लागेकाहरुमा एक नेपाली सहित एक भारतीय र १० जना पाकिस्तानी नागरिक रहेको समाचार गल्फ न्यूजले लेखेको छ ।

समाचार अनुसार ति नेपालीको नाम छोटकरीमा एन पी भनिएको छ । उनी सो गोदामको सुरक्षागार्ड भएको जनाइएको छ । उनले चोरीमा संलग्न पाकिस्तानी र भारतीयलाई १५ सय दिरहम(नेरु झण्डै ४१ हजार) रकम लिएर सामान चोर्न सघाएको समाचारमा उल्लेख छ ।

जुवेल अलि बन्दरगाहमा रहेको एक गोदामबाट ति चोरहरुले ३ हजार ३ सय १७ थान ल्यापटप चोरी गरेका थिए । उनीहरुले गाडीमा हालेर ति सामान गोदामबाट बाहिर निकालेका थिए । त्यसमा एक पाकिस्तानी नागरिकले सुरुमा ति नेपाली सुरक्षागार्डलाई आफूहरुसँग मिलाएको समाचारमा उल्लेख छ ।

घटना पश्चात प्रहरीले अनुसन्धान गर्दै जाँदा रहस्य पत्ता लगाएको थियो । त्यसपछि चोरीमा संलग्न व्यक्तिहरु पक्राउ परेका थिए । यस घटनाका बारेमा दुवई अदालतमा गत विहिवार पहिलो सुनुवाई भएको समाचारमा उल्लेख छ । एक पाकिस्तानी नागरिकले चोरीको घटनामा संलग्न भएको स्वीकारे पनि अन्य ११ जनाले भनें आफूहरु सो घटनामा संलग्न नभएको भन्दै आरोप स्वीकारेका छैनन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger