|
|
तर मानोप बाह्य महिलासँगको प्रेममा परे। बाह्य सम्बन्धकाबारेमा थाहा पाउँदा पोक्रिचान रिसाइनन् । उनले आफ्ना श्रीमानका पे्रमीका २६ वर्षीया नाटया टोङपानलाई घरमा स्वागत् गरिन्। मानोप र नाटयाले पोक्रिचानकै सहयोगमा विवाह गरे। यतिबेला दुवै श्रीमतीको साथमा मानोप एकै घरमा बस्दै आएका छन्। उनीहरु निकै खुशी छन्। तीनै जना मिलेर काम गर्छन्। घर खर्च जुटाउँछन् ।
मानोप कार व्यापारी हुन्। दुवै श्रीमती कार व्यापारमा मोडलका रुपमासमेत काम गर्छन् । मानोप परिवारको ९ सन्तान छ। पहिलो श्रीमतीबाट ३ सन्तान, पोक्रिचानबाट ३ सन्तान र नाटयाबाट ३ सन्तान छ। उनीहरु सबै मिलेर ९ सन्तानको हेरचाह गरिरहेका छन् ।
थाइल्यान्डमा एक श्रीमान र दुई श्रीमती सँगै खुशीका साथ बसेका छन् भन्नेबारे सार्वजनिक भएपछि उनीहरुलाई टेलिभिजन कार्यक्रममा आनन्त्रितसमेत गरिएको थियो। उनीहरुले त्यहाँ भनेका थिए,‘प्रेम र विश्वास भए सबै सँगै मिलेर बस्न सकिन्छ।’
यो पनि पढ्नुहोस : बदला लिनका लागि ६१ वर्षका वृद्धले चोरे १५९ साइकल सिट, पुलिससमेत चकित
जापानको टोकियोमा ६१ वर्षका एक वृद्धलाई साइकलका १५९ सिट चोरीको आरोपमा पक्राउ गरिएको छ । आरोपीको नाम आकियो हतोडी हो । उनले १५९ वटा साइकलको सिट यसकारण चोरेका थिए किनभने उनको साइकलको सिट चोरी भएको थियो । शहरमा थुप्रै दिनदेखि लगातार साइकलको सिट चोरीको घटना बढिरहेको थियो । पुलिस थुप्रै दिनदेखि चोरीको बढ्दो मामलाका कारण तनावमा थिए ।
घरमा भेटिए १५९ सिटः ओकियोले पहिलो पटक अगस्टमा साइकलको सिट चोरेका थिए । जुन व्यक्तिको सिट ओकियोले चोरेका थिए ती व्यक्तिले पुलिसलाई यसबारे उजुरी दिएका थिए । पुलिसले जब अनुसन्धान सुरु गरे तब सिसिटिभी क्यामरामा आकियोले चोरी गरिरहेको स्पष्ट देखिएका थिए । उनले निकै सावधानीपूर्वक साइकलको सिट निकालेर आफ्नो बास्केटमा राखेको देखिएका थिए । त्यसपछि उनी पुलिस रडारमा आएका थिए ।
पुलिसले आकियोलाई पक्राउ गरेपछि उनको घरमा छापा मार्दा दंग भए । उनको घरबाट १५९ साइकल सिट बरामद गरियो ।पुलिसलाई दिइएको बयानमा आकियोले भने, ‘सन् २०१८ मा मेरो साइकलको सिट चोरी भएको थियो । जसका कारण मैले ठूलो समस्याको सामना गर्नुपर्यो । त्यसपछि मैले आफूले जस्तो समस्या भोगेँ त्यही समस्या अरुले पनि भोगुन् भन्ने उद्देश्यले यस्तो गरेको हुँ । त्यसकारण मैले पुलिसलाई यसबारे जानकारी दिनुको साटो चोरी गर्न सुरु गरेँ ।’
|
|
Post a Comment