|
|
उनी जन्मेको नौ दिनमै यस्तो रोगको लक्षण पहिलोपटक देखा परेको हो । तिन महिनाको भैसक्दा अहिलेसम्म उनको सरीरमा चार पटक आफै आगो लागिसकेको छ । यसरी सरीरमा आफै आगो लाग्दा उनको सरीर नराम्ररी डढेको छ र उनको अहिले गम्भीर अवस्थामा चेन्नइको किल्पक मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ ।अस्पतालमा डाक्टरहरुका अनुसार आफ्नो सरीरमा आफै आगो दन्किने ती बालकको रोगको नाउँ स्पन्टेनियस ह्युमन कम्बसन डिसअर्डर -एसएचसी) हो । उनको सरीरको छालाका छिद्रहरुबाट निकै प्रज्वलनशील ग्यास निस्किन्छ ।
जसका कारण त्यो ग्यासबाट आगो पैदा हुन्छ । त्यो ग्यास के हो भन्ने कुराको पत्तो भने अझै पाउन सकिएको छैन । केही डाक्टरहरुका अनुसार यस्ता रोगीहरुको रगतमा केही मात्रामा अल्कोहल समेत हुन्छ ।स्मरण रहोस् यस्तो रोग निकै नै दुर्लभ रोग हो । पहिलोपटक यस्तो रोग इटालीको सेसेनामा सन् १७३१ मा देखा परेको थियो । त्यस्तै १९९५ मा बेलायतमा एक जना ७३ वर्षे मानिसको यस्तै रोगबाट ज्यान गएको थियो ।
|
|
Post a Comment