Headlines News :
Home » , » कोरोना संक्रमणबाट बच्ने यो मात्रै एउटा उपाय छ – डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ । धेरै भन्दा धेरै शेयर गर्न डाक्टर पाण्डेको अपिल

कोरोना संक्रमणबाट बच्ने यो मात्रै एउटा उपाय छ – डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ । धेरै भन्दा धेरै शेयर गर्न डाक्टर पाण्डेको अपिल

Written By news on Monday, 24 February 2020 | 21:08

डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञसबा अरब जनसंख्या भएको चीनमा ३५० जनाको मृ:त्यु हुनु कम क्षति हो । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् । कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ।कोरोना भाइरस कमजोर खालको भाइरस प्रमाणित भएको छ । यसको मृ-त्यु डर १- २ % मात्र छ । यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ । यो भाइरस गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ ।

कोरोना भाइरसको कारण सयौंको मृत्यु भयो, हजारौं संक्रमित भए तर करोडौं व्यक्तिहरु चिन्ताग्रस्त छन्।कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महशुष जस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ। हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् । कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन

सक्छ ।हाम्रा केहि बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ | मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक – आँखा कानतिर लैजाने, हात नधोइ कानेकुरा समाउने – खाने आदि । कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने ।

कोरोना संक्रमण कसलाई छ जोखिम ? सक्दो शेयर, प्रकाशन , प्रसारण गरौँ !चीनबाट फर्केका बिद्यार्थी, ब्यबसायी तथा उनीहरुको परिवार / छिमेकी ।पर्यटक बस्ने होटेल, रेस्टुरेन्ट, क्यासिनो तथा उनीहरुले प्रयोग गरेका सवारी साधनसंग सम्बन्धित।पर्यटकीय क्षेत्रमा काम तथा ब्यबसाय गर्नेहरु ।बिरामी जाँच्ने चिकित्सक, ल्याबमा काम गर्ने तथा अन्य स्वास्थ्यकर्मीहरु । कुकुर, बिराला, कुखुरा, परेवा लगायतका पशुपंक्षी पाल्ने तथा संगै रहने व्यक्तिहरु । मासु का,ट्ने, पकाउने, काँचै खाने व्यक्तिहरु । हात नधोइ खाना खाने व्यक्तिहरु ।प्रत्येक पटक हात नधोइ

बारम्बार सुर्ती खाने व्यक्तिहरु । बालबालिका, बुढाबुढी, गर्भवती, सुत्केरी, दीर्घ बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु। सार्वजनिक यातायात, सपिंग मल, फ्लिम हल, विमानस्थल, अस्पताल, बिद्यालय / कलेज लगायत भीड हुने स्थानमा रहने व्यक्तिहरु ।हात नधोइ मुख, आँखा, नाक, कानमा छुने बानी परेका व्यक्तिहरु । भीडभाडमा हिंड्दा सहि तरिकाले गुणस्तरीय मास्क ( N 95 ) प्रयोग नगर्नेहरु । भेट हुँदा हात मिलाउने, हग गर्ने, चुम्बन गर्ने बानी भएका व्यक्तिहरु , आदि ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger