Headlines News :
Home » » आकाशमा उडिरहेको कतार एयरएवेजको विमानमा जन्मियो बच्चा, बैंककका लागि उडेको बिमान कलकत्तामा आकस्मिक अवतरण

आकाशमा उडिरहेको कतार एयरएवेजको विमानमा जन्मियो बच्चा, बैंककका लागि उडेको बिमान कलकत्तामा आकस्मिक अवतरण

Written By news on Tuesday, 4 February 2020 | 21:13

 मंगलबार दोहाबाट बैंककका लागि उडिरहेको कतार एयरएवेजको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छिन् । विमान उडिरहेकै समयमा ती महिलालाई सुत्केरी व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा प्रसूती गराइएको जनाइएको छ ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गराएका थिए ।

विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कलकत्ता विमानस्थलका अधिकारीका अनुसार दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३०, को विमानले जीवन रक्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३ः०९ बजे भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण गराइएको समाचारमा उल्लेख छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger