|
|
शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन्। मंगलबार प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाएक थिए । मेहेन्दी समारोह प्रियंका, आयुष्मानको साथमा उनीहरुका आफन्त र केही चलचित्रकर्मी सहभागी थिए ।नायिका कार्कीले मेहेन्दीले आफ्नो हातमा आयुष्मानको नाम लेखाइन् ।आयुष्मानले पनि आफ्नो हातमा प्रियंकाको नाम लेखेका थिए । मेहेन्दी सेरेमोनीपछि उनीहरुको संगीत समारोह चलेको थियो । जहाँ, प्रियंका आफैले केही नेपाली र हिन्दी गीतमा नृत्य गरेकी थिइन् ।
मध्यरातसम्म चलेको सांगितिक कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तान लगायतका थुप्रै कलाकार सहभागि थिए ।उनीहरुले प्रेम सम्बन्धमा रहेको ३ वर्षपछि र इन्गेजमेन्ट भएको दुई वर्षपछि विवाह गर्न लागेका हुन् ।विवाहको जानकारी दिन प्रियंका र आयुष्मान दुबैले छुट्टाछुट्टै ब्या’चलर पार्टी पनि मनाएका थिए ।]
|
|
Post a Comment