|
|
श्रीमती छोराछोरी र परिवारको खुसी खोज्न विदेश गएका युवाहरु घर फर्कदा घरमा न श्रीमती हुन्छिन् न त उनीहरुले विदेशमा कमाएको पैसा नै हुन्छ । मरुभूमीको तातो घाममा शरिर डढाएर फकिएका युवाहरुको घरवास उजाडिएका धेरै घटना सार्वजनिक भएका छन् । यो एक महिना भित्र त्यस्ता झण्डै आधा दर्जन घटना सार्वजनिक भएका छन् । विदेशवाट लामो समय पछि श्रीमान आउँदा घर रित्तै हुन्छ भने कमाएको सम्पत्ती समेत हुँदैन ।
फेरी यस्तै घटना अहिले सार्वजनिक भएको छ । पछिल्लो समय चितनवबाट त्यस्ता घटना धेरै सार्वजनिक भएका छन् । यहाँ पनि हामी फेरी चितवनको अर्को घटनाका बारेमा प्रस्तुत गरेका छन् । साउदीमा रहेका एक युवा १२ वर्ष पछि घर आउँदा त्यस्तै अवस्थाको सामना गर्नु परेको छ । साउदीमा रहेका ४२ वर्षीय भिम नेपाली घर फर्कदा उनको श्रीमती घरमा छैनन् । उनले कमाएको सम्पत्ती पनि छैन ।
उनले कमाएको २० लाख रुपैया लिएर श्रीमती आफ्नै भान्जासंग भागेको भिमले आरोप लगाएका छन् । दुई छोरा र एक छोरीकी आमा श्रीमानले कमाएको २० लाख रुपैया सहित हराएपछि भीम रुँदै मिडियामा आएक छन् । ३७ वर्षकी श्रीमती विवाह गरेको २० वर्ष पछि सम्पत्ती सहित हिडेपछि भिम रुँदै आएका हुन् । उनको छोरी साइन्स पढ्दै छिन् । उनको श्रीमतीको नाम माया हो । करिब ७ महिना यता मायाले भिमसंग कुरा पनि गर्न छोडेकी थिइन् ।
भिम घर आउँदा पनि ति भान्जा घरमा आउने जाने गर्थे । तर उनले भान्जासंग त्यस्तो सम्बन्ध होला भन्ने कल्पना समेत गर्न नसकेको बताए । विदेशमा रहँदा पनि उनले भान्जाको बारेमा पनि सोधिरहन्थे । भिमले प्रत्यक महिना श्रीमती मायालाई पैसा पठाउँथे । १८ वर्षको उमेरको छोरी छन् । छोरीको विवाह गर्ने उमेरमा आमा नै आफ्नो भान्जासंग हिडेपछि अहिले भिम निकै चिन्तित भएका छन् ।'
|
|
Post a Comment