|
|
इन्डियन आर्मीमा असफल नभएपछि उनले कोरिया जाने सपना बुने।कोरिया जानकै लागि विरेन्द्रनगरमा बसेर कोरियन कक्षा लिन थाले। उनका दाइ कलमकुमार सिंहका अनुसार केशर मंगलबार घरमा पुर्याउने सामान लिन बजार आएका थिए। घरमा पठाउने सामान लिएर बागेंसिमलतर्फ फर्कँदै गर्दा भे१ख २२४२ नम्बरको टिप्परले उनको कोरिया सपना सदाका लागि समाप्त पारिदियो। टिप्परले उनको आधा शरीर नै क्षतविक्षत पारिदियो। केशरको ज्यान लिने टिप्पर चालकलाई कारबाहीको माग गर्दै उनका आफन्तले दिनभर विरेन्द्रनगरमा प्रदर्शन गरे।
परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले ठाउँठाउँमा प्रदर्शन गरे। तर प्रशासनले बल प्रयोग गरेर केशरको शव प्रदेश अस्पतालमा पुर्यायो। बल प्रयोग गरेर शव उठाएपछि विरेन्द्रनगर थप तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले गोली प्रहार गरेको छ भने सुर्खेतमा कर्फ्यू नै लगाएको छ।
|
|
Post a Comment