Headlines News :
Home » » हेर्नुस कोरोना भाइरस यसरी उत्पन्न भएको रहेछ । हेर्नुस भिडिओ

हेर्नुस कोरोना भाइरस यसरी उत्पन्न भएको रहेछ । हेर्नुस भिडिओ

Written By news on Tuesday, 28 January 2020 | 22:48

छिमेकी देश चीन र चिनीयाँ जनतालाई सम्मान गरिन्छ भन्दैमा उनीहरुका हाम्लाई मन नपर्नी कुरो गर्न पाम्दैन भन्नी के छ र ?

प्रसँग हो वुहान शहरबाट अहिले महामारीको रुपमा दुबो जसरी फैलिरहेको बिल्कुलै नयाँ खाले कोरोना भाईरस । चमेराबाट पहिलो पटक मानवमा सरेको आशंका गरिएको उक्त भाईरसबाट दर्जनौको ज्यान गैसकेको छ, सयौं जना संक्रमित भएको खबरहरु छन् ।

पंक्षीमा हवाइजहाज र चौपायामा गाडी वाहेक अरु क्यै टराइ नमार्ने मैले कुनै चाइनिज साथी भेटेको छैन ।

"अरु त अरु, चिप्ले किराको जुस, बनसाङ्ले र घरसाङ्ले मिसाएर बनाएको कोक्टेल सूप र गुइहे मुसाको पुच्छरको सुकुटी खाएर नि नपुगेर तिमीहरु सर्पको आन्द्रा, बाँदरको गिदी, गोहीको जिब्रो र गोहोरोको फियो खाने ?" भनेर एक पटक मैले एक जना चाइनिज साथीलाई के सम्झाएको थिएँ - उसले त

"काउ छावा लेइ ? लेइ उम्चिया फाङ्गयाउ । हउ सेक्कमा !" भनेर पो उल्टो थर्कायो ।

वास्तवमा महमारीहरु अन्य जीवहरुबाटै मानवमा सर्ने गरेका छन्न - चाहे सत्रौं शताब्दिको युरोपको प्लेग कुरा गरौं वा एक्काइसौं शताब्दीको अफ्रिकाको इबोला, सबै जीवबाटै सरेका हुन्, जीव बिज्ञान तथा चिकित्साशास्त्र दावा गर्छन् । आफ्नो ज्यानै त नगए पनि यस्ता महामारीहरुले हाम्रो जीवनमा पनि प्रतक्ष परोक्ष प्रभाव पार्छन् ।

अब सन् २०२० मा आएर चमेराबाट सरेको भनिएको नयाँ कोरोना भाईरस चाँडै नै नियन्त्रणमा आओस्, मुकुन्डो लाएर हिँड्न नपरोस् । तर चमेरा, गोही, गोहोरो, सर्प, चिचिमेरा, बाँदर, मुसा, सर्प वा साङ्ले जस्ता 'अप्राकृतिक' चीजवीज खानेहरुलाई भने गतिलो पाठ सिकाएर जाओस् यो कोरोना भाईरस् ।

त्यस्तैगरी नेपालबाट देखाइदेखाइ कावेलीको कत्ले र तमोरको असला माछा ल्याउनीलाई नभएनि लुकाइ लुकाइ बुढी गण्डकीको बाम र बेतनाको बुदुनाको सुकुटी ल्याउने सोल्टीहरु र हिथ्रो र ग्याट्वीकका कुइरेहरुलाई छक्काइ छक्काइ सुकेको गुन्द्रुक, सिन्की, सिस्नोको पिठो र ढिंडो/पपन्दा/तोर्मा को तयारी पिठो ल्याउने दिदीबहिनीहरुलाई पनि सानोतिनो पाठ बनेर गैहालोस यो कोरोना भाईरस् ।

अन्तमा, प्रसङबस चिनियाँहरुको खानकीको थोरै कुरो काट्न मन लागिहाल्यो । त्यसो त चिनीयाँहरुले पनि मलाई कुनै दिन तिमी लिम्बूले पनि त माटोको घ्याम्पोमा कोदाको जाँडलाई बर्ष दुएक जति छिप्पाएर हुर्काएको सेतो कुम्ले किरोको पेटमा पिपा गाडेर प्युँदै ख्याल-ख्यालमा चार इन्ची गर्छौ रेन्त? भनेर सोधिहालेछन् भने म पनि चुप म पनि नाजवाफ हुङ्ला ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger