Headlines News :
Home » » eGlobe News: बालअधिकारको खिल्ली उडाउदै बाह्र वर्ष पुगेकालाई थुनामा राख्ने कानुन पास !:

eGlobe News: बालअधिकारको खिल्ली उडाउदै बाह्र वर्ष पुगेकालाई थुनामा राख्ने कानुन पास !:

Written By news on Thursday, 4 August 2016 | 23:17


/एएफपी/साउन २०, इजरायल ।
 इजरायली संसदले १२ वर्ष माथिका बालबालिकालाई समेत आतङ्कवादी गतविधिमा संलग्न भएको पाएमा जेल चलान गर्न सक्ने कानुनलाई मङ्गलबार पास गरेको इजरायली संसदले जनाएको छ । इजरायलमा प्यालेस्टाइनद्वारा बालबालिकालाई प्रयोग गरी एकपछि अर्को आक्रमण गर्न थालेपछि यो कानुनलाई पास गरिएको संसदद्वारा अङ्ग्रेजी भाषामा जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, पछिल्लो समय इजरायली भूमिमा भएका आक्रमणप्रति गम्भीर बन्दै यी आक्रमणले के बालकालिका के वृद्ध सबैमाथि थप कडा कानुनी माग भरेको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी दल लिकुड पार्टीका सांसद अनत बेर्कोलाई उद्धृत गर्दै प्राप्त समाचारमा बताइएको छ, अरूमाथि छुरा रोप्ने र हत्या गर्ने व्यक्ति १२ वर्ष वा १५ वर्ष जति उमेरको भए पनि उमाथि कडा कारबाही आवशयक हुन्छ। पछिल्लो विधेयक इजरायलमा आतङ्कवादी गतिविधि नियन्त्रण प्रयासस्वरुप ल्याइएको उनको दाबी थियो। प्यालेस्टिनी तथा इजरायली भूमिमा गएको अक्टोबर यता २१९ जना प्यालेस्टिनी, ३४ इजरायली, दुई अमेरिकी र दुई अन्य देशका नागरिकको हत्या गरिएको एएफपीको तथ्याङ्क छ ।

इजरायली अधिकारीका अनुसार धेरैजसो प्यालेस्टिनीको चक्कु आक्रमणका लागि चक्कुसहित रहेका क्रममा मृत्यु भएको छ । केहीले बन्दुक तथा केही कार बम विस्फोट गराई आक्रमण पनि भएका इजरायलको दाबी छ । आक्रमण प्रयासमा धेरै युवा वा बालबालिकाको प्रयोग गरिने गरेको इजरायली दाबी छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger