Headlines News :
Home » » eGlobe News: यसरी बगायो माकालु ईयरको जहाज महाकालीले हेर्नुहोस भिडियो:

eGlobe News: यसरी बगायो माकालु ईयरको जहाज महाकालीले हेर्नुहोस भिडियो:

Written By news on Thursday, 4 August 2016 | 22:38


साउन २१, काठमाडौँ ।
 मकालु एयरको जहाज हुम्लाबाट सुर्खेत आउने क्रममा बिहीबार दुर्घटना भएको छ। उडिरहेको जहाजको इन्जिनमा अचानक खराबी आएपछि कर्णाली नदी छेउमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। कर्णालीको किनारमा फोर्स ल्यान्ड गर्न खोजिएको जहाज नदीसँगै बजारिएको थियो।जहाजबाट पाइलट र को–पाइलटलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो। नदीको छेउमै बजारिएको जहाजलाई कर्णली नदीले बगाइसकेको छ। भिडियो हेर्नुस् : उद्धार गरिएका पाइलट र कोपालइट दुवैलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरेर सिमिकोट ल्याइएको सिम्रिक एयरका क्याप्टेन विवेक खड्काले बताए ।

क्याप्टेन बिबेकले भने, ‘घाइते भए पनि दुवैजना खतरामुक्त हुनुहुन्छ।’ ९ एन एकेसी कल साइन भएको जहाज सिमिकोट विमानस्थलबाट ३‍:४० बजे उडेको थियो। उडेको केही समयमै इन्जिनमा खराबी आएको थियो। विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । सिमिकोटमा समान ढुवानी गरेर जहाज सुर्खेत फर्किने क्रममा थियो। उद्धारमा संलग्न सिम्रिक एयरका क्याप्टेन विवेक भने, ‘जहाजलाई कर्णाली नदीले बगाएर लगिसकेको छ।पाइलट र कोपाइलट हामीले उद्धार गरेर सिमिकोट ल्याइसकेका छौ। उहाँहरु सकुशल हुनुहुन्छ ।’ क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतका डिआइजी माधव नेपालका अनुसार अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ । हेर्नुहोस कसरी बग्यो प्लेन मोवाईबाट खिचिएको भिडियो

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger