|
|
साउन २४, एजेन्सी ।
प्रेममा सर्मपर्ण हुन्छ, माया हुन्छ अनि विश्वास पनि । प्रेममा यदी विश्वासघात भयो भने प्रेमको कहिल्यै पलाउन नसक्ने गरी मृत्यु हुन्छ । कसैले समर्पण सम्झन्छ र सबै त्यागि दिन्छ त कसैले धोका सम्झेर निच अपराध गर्दछ । यस्तै भएको छ यहाँ यो कुनै चलचित्रको कथा होइन । भारतको छत्तीसगढ जिल्लाकी सुभद्राले त्यही कुरा भोगीन् । सोही जिल्लाकै मरोदा भन्ने स्थानका २४ वर्षे युवक कमल देशमुखले आफ्नी प्रेमीका सुभद्राको अर्को युवकसँग अफयेर रहेको भन्दै हत्या गरिदिएका छन् ।
भित्र भित्रै हत्या गर्ने योजना बुनीरहेका कमलले सुभ्रदाको हत्या हुनु अघिसम्म मायाको नाटक गर्दै घरमा नै बोलाएर मज्जाले रक्सी खुवाए । नशामा डुबेकी सुभद्रालाई उनले सुरुमा घाँटी अँठाएर हत्या गरे । त्यतिले पनि रिस नमरेपछि हात, खुट्टा र शिरलाई टुक्राटुक्रा पार्न पछि परेनन् । सुभद्राको परिवारले प्रहरीमा छोरी हराएको भन्दै खोजीगरिदिन आग्रह गरेको केही समयपछि परिवारले उनको विभत्स हत्या भएको र प्रेमी नै उनको हत्यारा भएको पत्ता लगाउन सफल भयो ।
|
|
Post a Comment