Headlines News :
Home » » भारतमा नेपाली युवाले आत्महत्या गरे

भारतमा नेपाली युवाले आत्महत्या गरे

Written By news on Tuesday, 2 August 2016 | 02:45


मुम्बई, १७ साउन ।

 गजरातको बलसाडमा सेक्युरिटी गार्डमा काम गर्दै आएका २२ वर्षा एक युवाले आत्महत्या गरेका छन् ।

बनलेक गाविसको वार्ड नं. ३ मा पर्ने कुडासैन, डोटीमा स्थायी घर भएका सुरेश दमाइले आत्महत्या गरेका हुन । पृतम प्लाजा को. अपरेटिव सोसाइटीमा काम गर्दै आइरहेका सुरेश दमाइको गत शनिवारै मृत्यु भएतापनि प्रवाशी नपाली संघ भारतका स्थानीय नगरसमितिका पदाधिकारी र मृतकका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गर्दै अन्तिम दाहसंस्कार गर्न समेत आनाकानी गरेका थिए । स्थानीय प्रहरीले समेत घटनालाई विशेष रुपमा अनुसन्धान गरेको तर पोस्टमार्टम रिपोर्टमा आत्महत्या गरेको खुलेपछि उनको आजै अन्तिम दाहसंस्कार समेत गरिएको वापीबाट हरि महरले जानकारी दिएका छन् ।

उनका अनुसार स्थानीयहरुले सुरेश दमाइमा हप्तादिन अघिदेखि मानसिक तनाव भएको आफूहरुले देखेको बताएका थिए । उनले आत्महत्या गर्नुको कारण स्पष्ट नखुलेपनि मानसिक तनावकै कारणले उनले आत्महत्याको बटो रोजेको हुनसक्ने आशंका गरिएको छ ।

उक्त घटनाबारेमा थप जानकारी लिन प्रनेस भारतका केन्द्रिय सदस्य टेक रावल भिजन, महाराष्ट्र गुजरात संयुक्त राज्य समितिका उपाध्यक्ष प्रेम भट्टराई, गुजरात इञ्चार्ज डिम बुढा, उपाध्यक्ष सुरेस बोहरा, वापी नगर समिति र वलसाड नगर समितिका पदाधिकारीहरु खटेका थिए भने र मृतकका आफन्तहरु र कार्यकर्ताहरुको सहभागीतामा आजै उनको अन्तिम दाहसंस्कार समेत गरिएको बताइएको छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger