Headlines News :
Home » » अनमोल केसीको सत्य/रहस्य

अनमोल केसीको सत्य/रहस्य

Written By news on Wednesday, 3 August 2016 | 01:31


प्रकाशित मिति: बुधबार, साउन १९, २०७३

 अनमोल केसी, अभिनेता

    सन् १९९५ को मार्च २९ मा जन्मिएका अनमोल केसी ६ फिट १ इन्च अग्ला छन् ।

    अनमोलले मल्पी इन्टरनेसनल कलेजबाट ए लेभलको अध्ययन पूरा गरेका छन् ।

    अनमोलले बाल्यकालदेखि हालसम्म २५ भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । तर तीमध्ये कतिपय देशको नाम उनलाई थाहा छैन ।

    सिक्का संकलन गर्ने आफ्नो पुरानो बानीलाई अनमोलले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् । यदि उपहार दिनु छ भने सिक्का दिँदा अनमोल असाध्यै खुसी हुन्छन् ।

    हरेक कुरामा अनमोल नीलो रंगलाई प्राथमिकता दिन्छन् । महत्वपूर्ण अवसरमा उनी नीलै रंगका पहिरनमा हुन्छन् ।

    अनमोलमा कुकुर पाल्ने सौख छ । उनले पालेको कुकुरको नाम गोथे हो ।

    बुवा भुवन केसी भन्दा ठीक विपरीत अनमोल स्पोटर््स जुत्ताका पारखी हुन् ।

    अनमोल मोबाइलमा गेम खेल्नु भन्दा गिटारमा विभिन्न नोट अभ्यास गर्दै समय बिताउन मन पराउँछन् ।

  अभिनेता नभएका भए अनमोल गायकका रूपमा श्रोतामाझ आउने थिए । गायक बन्ने आफ्नो चाहनालाई अनमोलले अहिले पनि मर्न दिएका छैनन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger